वर्षाका कारण नेपाल र युएईको खेल समयमा शुरु हुन सकेन

काठमाडौँ, २८ माघ ।  आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आज हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेल वर्षाका कारण निर्धार्रि्रत समयमा हुन सकेको छैन । 

नामिबियामा जारी उक्त प्रतियोगिताको खेल नेपाली समयानुसार १ बजे र १५ मिनेटमा शुरु गर्ने भनिए पनि वर्षाका करण सञ्चालन हुन नसकेको हो । दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ । डिभिजन दुईको शीर्ष दुई स्थानमा रहनका लागि पनि दुवै टोलीलाई खेल जित्नै पर्ने बाध्यता छ । 

दुवै टोलीले समान २÷२ अंक जाडेका छन् । यसअघि भएको दुई खेलमध्ये पहिलो खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो भने युएईको नतिजा पनि समान छ । 

नेपालले यसअघि पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमनसँग ६ विकेटको हार ब्यहोरेको थियो । 
त्यस्तै युएईले भने केन्यालाई पराजित गरेको थियो भने क्यानडासँग हार बेहोरेको थियो थियो ।
 

यस्तो छ नेपाली टोलीको श्रीलंका भ्रमण तालिका

काठमाडौं, २ भदौ । एसिया कप छनौटको लागि मलेसिया जाने नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेल्ने तालिका रहेको छ । अगस्ट २० मा श्रीलंका जाने नेपाली टोलीले

यस्तो छ एसिया कप छनौट खेल्ने नेपाली टोली

काठमाडौं, २ भदौ । टेष्ट क्रिकेट खेल्ने ५ एसियाली राष्ट्र सम्मीलित एसिया कप खेल्ने अवसर पाइने छनौट प्रतियोगिता लक्षित १५ सदस्यीय नेपाली टोलीको घोषणा

साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल

एसियाकपको छनोटका लागि १५ सदस्यीय टोली घोषणा

 काठमाडौँ, २ भदौ  । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ ।  टोलीको मुख्य