मुख्यमन्त्रीमा नेपाल पक्ष हार्नुका चार कारण 

काठमाडौ ।  एमालेका भागमा परेका चार मुख्यमन्त्रीमा वरिष्ठ नेता माधव नेपाल पक्ष क्लिनस्वीप भएकोबारे त्यस पार्टीभित्र अनेक कोणबाट विश्लेषण गरिँदै छ। संसदीय दलको नेता नै त्यो पदमा रहने निश्चित भएकाले मुख्यमन्त्रीमा एकजना पनि जिताउन नसक्नु नेपाल पक्षको हारका रुपमा पनि निष्कर्ष निकाल्ने गरिएको देखिन्छ। नेपाल पक्षका सांसदहरुको बहुमत रहेको भनिएको प्रदेश नं एकमा पनि  सो पक्षले हार चाख्नु परेको छ।  नेपाल पक्षका मानिएका सचिव भीम आचार्यले ओली पक्षका पोलिटब्युरो सदस्य शेरधन  राईसँग २  मतको अन्तरले पराजित हुनुपरेको छ।

त्यसैगरी ओली पक्षका सांसदहरुको बाहुल्य रहेको प्रदेश नं ३ मा पनि ओली पक्षका डोरमणि पौडेल बिजयी भएका छन् । उनले  पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गरी मुख्यमन्त्री सुरक्षित गरेका छन्।

 एमालेको भागमा परेको प्रदेश नं ५ मा भने यस अघि नै  स्थायी समिति सदस्य शंकर पोखरेल सर्बसम्मत भएका छन्। एमालेको भागमा परेको प्रदेश नं ४ मा भने आईतबार चुनाव हुने भएको छ। त्यस प्रदेशमा ओली पक्षका सचिव पृथ्वी सुब्बा गुरुङ र उपाध्यक्ष वामदेव गौतम पक्षका किरण गुरुङबीच चुनाव हुने छ। ४ नं प्रदेशमा एमाले भित्रको गुटीय गणित अनुसार पृथ्वी सुब्बा गुरुङले बाजी मार्ने संभावना छ।

  कारण  १ : पार्टीमा बरिष्ठ नेता माधवकुमार नेपालको हिजो आज प्रभाव  कम्जोर हुुर्दै गएको देखिन्छ। एमाले र माओवादीबीच पार्टी एकीकरणपछि नेपाल पक्ष झनै कम्जोर र भूमिकाहिन हुने अनुमान गरिएको छ। त्यसकारण  नेपाल पक्षमा लागेका नेता तथा कार्यकर्ताहरु पनि आफ्नो राजनीतिक जीवन सुरक्षित राख्नकालागि संस्थापन पक्षमा लाग्न थालेका छन्। यसको एउटै उदाहरण प्रदेश नं १ मा नेपाल पक्षको बहुमत हुँदा पनि संस्थापन पक्षका शेरधन राईले जिते।

 कारण २ :  नेपाल पक्षको हारको दोस्रो कारण अलोकप्रिय व्यक्तित्वहरुको उममेदवारी पनि हो। प्रदेश नं १ मा स्थानीय चुनाव तथा प्रतिनिधिसभको चुनावमा सचिव भीम आचार्य विवादमा तानिए। उनी प्रदेश नं १ का पार्टीका संयोजक पनि हुन्। दुबै चुनावमा उनले टिकट वितरण गर्दा आर्थिक चलखेल गरेको आरोप लाग्यो। तर उनीसँग प्रतिस्पर्धा गर्ने शेरधन राई विवादमा परेनन् । जुन गुटका भए पनि आचार्य भन्दा राई लोकप्रिय मानिन्छन्।

कारण ३  :  हारको तेस्रो कारण संस्थापनसँग प्रतिस्पर्धा पनि गर्न नसक्नु र सम्झौता  नगर्नु पनि हो। यदि सम्झौता गरेको भए प्रदेश नं १ ओली पक्षलाई मौका दिएर प्रदेश नं ३ मा नेपाल पक्षका अष्टलक्ष्मी शाक्यलाई अवसर दिन सकिन्थ्यो। तर माधव नेपाल आफैं सहभागि स्थायी समितिको बैठकले संसदीय दलको नेता प्रदेशसभालाई नै छान्न दिने भन्ने निर्णयमा नेपाल पक्षका नेताहरु सहमतिमा मुन्टो हल्लाउँदै बाहिरिएका थिए।

  कारण ४ :  एमाले अध्यक्ष केपी शर्मा ओली आफै चतुर राजनीतिक खेलाडी मानिन्छन्। उनी हरेक कुराका अनुमान  र तुलना गर्छन। उनी आफ्नो समूहमा लागेका  नेता तथा कार्यकर्ताको भविष्या प्रति सधैनै चिन्तित र गंभीर हुन्छन्। उनी आफ्नो समूहसंग परामर्श नगरी निर्णय गर्दैनन्। तर नेपाल पक्षमा यस्तो आग्रसरता लिने कोहि पनि देखिदैनन्। उदाहरणका लागि जसरी पनि नेपाल पक्षले पाउन सक्ने ३ नं प्रदेशको मुख्यमन्त्री नेपाल पक्षका नै तीन भन्दा बढि दावेदार मैदानमा देखिए। तर ओली पक्षका कतै यस्तो भएन। त्यसकारण पनि नेपाल पक्षको हारको कारण बन्यो। 

 कांग्रेसलाई पुनर्जिवित गर्न युवा नेताले यस्तो प्रस्ताव ल्याए

काठमाडौं,११ वैशाख । नेपाली कांग्रेसका ८ जना युवा केन्द्रीय सदस्यहरुले आगामी निर्वाचनमा पार्टीलाई एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउने

मान्यता विपरित संघीय संसदमा १६ समिति राख्ने चलखेल

नवगठित संघीय संसदमा एकल र संयुक्त गरी १६ वटा संसदीय समिति रहने गरी संसदको नियमावली मस्यौदामा सहमति भएको समितिका सदस्यहरूले बताएका छन्। विगतमा भन्दा

 बैशाख ११ का \'मूख्य अधिकारी\' प्रचण्डलाई वधाई !

 बैशाख ११ गते . . . ! बधाई प्रचण्डजी ! १.२०६२ ६३ को जन आन्दोलनमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सात दलीय मोर्चा प्रचण्ड नेतृत्वको माओवादीको सैन्य

 ज्येष्ठ नेता गुरुङले फिर्ता लिए देउवालाई दिएको समर्थन

काठमाडौं,९ वैशाख । वीपी कोइरालाका शीष्य एवं नेपाली कांग्रेसका ज्येष्ठ नेता कुलबहादुर गुरुङले स्थानीय निकायको हारलाई गम्भीरतापूर्वक लिएर समीक्षा