मिर्चमसलाकी स्मिता पाटिलको रोल

भारतीय फिल्म उद्योगले यतिका दशक फिल्म निर्माणमा बिताउँदा पनि महिला निर्देशकको संख्या भने औंलामा गन्न सकिने मात्र पाइन्छ । सिनेमाको दुनियाँमा पनि धेरै लैंगिक असमानता देखिन्छ  यहाँ ।

भारतीय सिनेमामा महिलाहरुको नाम लिने हो भने देविका रानी, माधवी मुखर्जी र जयललिता देखि लिएर आलिया भट्टसम्मको नाम बाहिर  आउँछन् । यसमा नादिया अभिनित हंटरवाली देखि लिएर मदर इन्डिया की नरगिस, मधुबाला हुँदै मिर्च मसालाकी स्मिता पाटिल र दीप्ति नवलसम्मलाई लिन सकिन्छ ।

यी सबै अभिनेत्रीहरुको चरित्र र आदर्शले भारतीय सामाजिक कुराहरुलाई पनि यी अभिनेत्रीहरुले आफ्नो चरित्रहरुमा फिट राख्न खोजेका छन् । सिनेमाको यस्तो व्यवसायमा प्राविधिक पक्ष र निर्देशनको काममा एक दुई पटक मात्र महिला फिल्मकर्मी अगाडि सरेको देखिन्छ ।

यसमा के यतिलाई नै महिला अभिव्यक्तिको आवाज मान्ने हो त ?

चालिसको दशकमा शुरु भएको भारतीय जन नाट्य संघ (इप्टा) को सांस्कृतिक आन्दोलनले सिनेमा र महिलाको बिद्याकोबारे कुरा गर्ने विषयमा केही जान्ने बुझ्नेहरुको धारणा केही बदलिएको देखियो । यसभन्दा पहिला महिलाहरु फिल्ममा आउनु राम्रो   मानिदैन्थ्यो । आज सिनेमा निर्माण भएको यतिका दशक बित्दा पनि भारतीय सिनेमामा महिला निर्देशकको संख्या औंलामा मात्र गनिन्छ । फिल्म स्कुलबाट पढेर आएका फिल्मकर्मीहरुमा पनि घोर लैंगिक असमानता देखिन्छ ।

भारतीय सिनेमामा महिलाहरुको उपस्थिति दस्तावेज सिनेमा या डकुमेन्ट्री फिल्ममा पनि नहुने हो भने एकदमै कम हुनेछ । ठूलो बजेटको फिल्मसँग दाँजेर हेर्दा एकदमै कम बजेटको दस्तावेजी फिल्मको यात्रामा उठेको कुराहरुको धेरै जवाफ हामी खोज्न   सक्छौं ।

७० को दशकमा जब सेटेलाइटले देशमा दृश्य–श्रव्य माध्यमको बिस्तार शूरु भयो । त्यसलगत्तै नयाँ प्रतिभाले त्यसमा चान्स पाउन थाले । दुरर्दशनको बिस्तारसँगै यो दुई दशकमा मास कम्युनिकेशनको नयाँ शिक्षा संस्थानहरुले पनि दृश्य माध्यममा व्याप्त लैंगिक अनुपातलाई जोगाउन धेरै मदद गरे ।

यो दशकमा राष्ट्रिय शैक्षिक अनुसंन्धान र प्रशिक्षण परिषद (एनसीईआरटी) को अगुवाईमा शुरु भएको सेन्टर फर एजुकेशन टेक्नोलोजी र १९८२ मा जामिया मिलिया युनिभर्सिटिमा शुरु भएको एजेके मास कम्युनिकेशन पाठ्यक्रमको एउटा जरुरी विषय बनाइयो । यसै कारणले गर्दा पनि पढेलेखेका घरहरुबाट पनि मास कम्युनिकेशनको बहानामा सिनेमामा केटीहरुको रुची बढ्दै गयो । सिनेमाको नयाँ शिक्षा संस्थान र प्राविधिक कुराहरुमा आएका नयाँपनले गर्दौ ८० को दशकका महिला फिल्मकर्मी बिशेष रुपले चिनिन थाले ।

मीरा दिवानको ‘ससुराल’, मंजीरा दत्ताको ‘बाबुलाल र्भुइया को कुर्बानी’,  निलिता वाछानीको आइज आफ स्टनेन‘ ‘क्या, हुआ इस शहर को’, मधुश्री दत्ताको ‘आई लिव इन बेहरमपाडा’, वसुधा जोशीको ‘भ्वाइसेस फ्राँम बलियापाल’ सुहासिनी मुलेको ‘ऐन इन्डिया स्टोरी’ र ‘भोपाल ः बियाँन्ड जेनेसाइड’ यो दशकको सार्वधिक महत्वपुर्ण फिल्महरु हुन जसलाई महिला फिल्मकर्मीहरुले बनाएका हुन ।

८० को दशकमा धेरै महिला फिल्मकर्मीहरुको फिल्ममा केवल ‘सई परांजपे’ भन्ने मात्र नाम याद      आउँछ । जसलाई त्यस समय स्पर्श, कथा र चश्म – ए बद्दुर जस्तो फिल्म बनाएका थिए । प्राविधिक कुराको परिवर्तन, फिल्म निर्माण सस्तो हुनु, जन आन्दोलन र महिला अभिव्यक्ति ९० को दशकमा एकदमै क्रान्तिकारी थियो । यो दशकमा भिडियोहरुका अनेकन स्वरुप निर्माण कम्पनीले देखाएका थिए र फिल्म निर्माण बिस्तारै बिस्तारै सस्तो हुँदै पनि थियो । यस्तै १६ एमएमको फिल्मको स्वरुपले कैमेरा ध्वनी रेकर्डिङमा पनि सजिलो हुन थालेको थियो ।

निर्माणको लागत कम हुने बित्तिकै बिभिन्न सांस्थानिक दबाबले पनि सबै कुरा मुक्त भयो । तर अभिव्यक्तिको सम्भावना भने बढ्दै गयो । 
त्यसबेला फिल्मकर्मी दिपा धनराज, नीलिता वाछानी, मंजीरा दत्ता, वसुधा जोशी र झरणा झावेरीले बिभिन्न सामाजिक मुद्धा र आन्दोलनका बिषयलाई आफ्नो फिल्मको केन्द्र बनाए । यस बाहेक रिना मोहन, सवा दिवान, पारोमिता वोहरा र श्रेणा दस्तुरले लैंगिक बिषयको मुद्धालाई केन्द्र मा राखेर फिल्म बनाए ।

सांप्रदायिकता, निजी कहानी र नछोइएको बिषय

मधुश्री दत्ताको पहिलो फिल्म ‘आई लिव इन बेहरमपाडा’ र दिपा धनराजको ‘क्या हुआ इस शहर को’ हेरेपछि सांप्रदायिकतामा लुकेको कुरा र यस भित्रको षड्यन्त्रलाई राम्रोसँग बुझ्न सकिन्छ । यसैगरी निष्ठा जैनको फिल्म ‘सिटी आँफ फोटोज’ बाट शहरलाई एउटा अलग्गै तरिकाले जान्न  सकिन्छ । 

सहजो सिंहले आफनो शुरुको फिल्म ‘माय नेम इज सिस्टर’ मा नर्सहरुले गरेको आन्दोलनलाई देखाएका छन् । समिरा जैनको फिल्म मेरा अपना शहर मा महानगरमा बसोवास गर्ने एउटी केटीले स्पेसको खोजी गरेको देखाईको छ ।

युवा फिल्मकर्मी फैजा अहमद खानले आफनो फिल्म सुपरमैन आँफ मालेगांव मा मालेगांव को मान्छेहरुको बारेमा दर्शाउन खोजेका छन् । 
महिला फिल्मकर्मीहरुको फिल्मको यो सुची एकदमै धेरै छ तर यी मध्य यसमा चारवटा नाम भने सम्झनै पर्ने नाम छ ।

पहिलो नाम नारीवादी इतिहासकार उमा चक्रवती जसले ७३ वर्षको उमेरमा सिनेमाको महत्व बुझेर ‘अ क्वायट लिटिल एंट्री’ नामक फिल्म बनाएकी थिइन । त्यस्तै अर्को नाम हो अनुपमा श्रीनिवासन जसले शिक्षाको बिषयमा केन्द्रीत रहेर ‘आई वंडर’ नाम फिल्म बनाएकी थिइन । यस्तै पुष्पा रावतको फिल्म ‘निर्णय’ र अरमा अन्सारीको ‘वीपिङ लुम्स’ पनि बिर्सन नहुने फिल्मको सुचिमा पर्दछ ।

यस्तै १९८६ मा जामिया मिलिया को मास कम्युनिकेशन रिर्सच सेन्टर बाट प्रशिक्षित ६ महिला फिल्मकर्मी को समुह ‘मिडिया स्ट्राँम’ बाट पास आउट भएका थिए जसले सामुहिक तरिकाबाट फिल्म बनाउने परम्परा को शुरुवात गर्नुका साथै दस्तावेजी सिनेमामा पनि महत्वपुर्ण भुमिका खेलेका थिए ।

यसका साथै २००५ मा हिन्दुस्तानमा शुरु भएको आइवार्टको महिला केन्द्रीत फिल्म समारोहमा महिलाहरुको कामलाई देखाउनु धेरै नै महत्वपुर्ण थियो । आइवार्ट अन्तराष्ट्रिय स्तरको महिलाको संगठन हो जसले रेडियो र टेलिभिजनमा पनि काम गरिरहेको छ । 
(लेखक संजय जोशी ‘प्रतिरोध सिनेमा’ का राष्ट्रिय संयोजक हुन्, यो उनको खोजको अनौपचारिक अनुवाद हो)  

 

किन सधैं पतिलाई गाली गर्छिन रानी

मुम्बई । बलिउड स्टार रानी मुखर्जीको चार वर्ष पछि फेरी एउटा नयाँ बजेटको फिल्म प्रर्दशनमा आउँदै छ ।  रानी अहिले आफनो प्रर्दशन हुन लागेको फिल्म

बलिउड नायिका दीपिका नेपाल आउँदै

मुम्बई । बलिउड नायिका दीपिका पादुकोण नेपाल आउने भएकी छिन् ।  फिल्म ‘रानी’ को सुटिङका लागि उनी नेपाल आउने लागेकी हुन ।   उनको साथमा अभिनेता इरफान

  अभिताभ बच्चनका दश चर्चित डायलग 

१. म त्यो हुँ जो कहिले अरुको पछाडि लाइन बस्न जानेन, जुन ठाउँमा म उभिन्छु लाइन त्यहिँबाट शुरु हुन्छ । – फिल्म कालिया  २. पुरा नाम बिजय नाथ चौहान, बाउको

 टाइगरको रेम्बो २०१९ मा पक्का

मुम्बई । बलिउडमा डान्स र एक्सनमा नाम कमाएका कलाकार हुन् टाइगर श्राफ । एक जमानाका फेसनेवल कलाकार ज्याकी श्राफका छोरा टाइगर श्राफले बलिउडमा चााडै नै