अन्तर्राष्ट्रिय पकवान शास्त्र प्रशिक्षण नेपालमा

काठमाडौँ, २७ माघ । नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले पहिलो पटक यहाँ अन्तर्रा्ष्ट्रिय पकवान शास्त्र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । 

होटल एशोसिएसन अफ नेपाल (हान)ले रेस्टुराँ एण्ड बार एशोसिएसन अफ नेपाल, सेफ एशोसिएसन अफ नेपालको सहकार्य तथा नेपाल पर्यटन बोर्ड र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहयोगमा एक दिवसीय प्रशिक्षण आयोजना गरेको हो । 

शुक्रबार सम्पन्न कार्यक्रममा अन्तर्रा्ष्ट्रियस्तरमा प्रसिद्ध सिंगापुरका सेफ डा रिक स्टेफानले पकवान शास्त्र कलाबारे नेपाली सेफलाई प्रशिक्षण दिनुभएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो । दुई सय ३३ नेपाली सेफ सहभागी भएको उक्त कार्यक्रममा डा रिकले नेपाली पकवान शास्त्रमा के–कस्ता आयाम थपिएका छन् र संसारका पकवान कलामा भित्रिएका नयाँ प्रविधि र कलालाई कसरी समिश्रण गरेर सेवालाई गुणस्तरीय बनाउने भन्नेबारे अभिमुखीकरण गराएका थिए । 

सो अवसरमा अन्तर्रा्ष्ट्रिय सेफ एशोसिएसनका निर्देशकसमेत रहेका डा रिकलाई नेपाली मौलिक खानालाई अन्तर्रा्ष्ट्रियकरण गर्ने अभियानकोतर्फबाट सद्भावना दूत घोषणा गरिएको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र अभियन्ता वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले उनलाई सद्भावनादूतको नियुक्तिपत्र हस्तान्तरण गरेका थिए। 

डा रिक जुन देशमा पुग्छन् त्यहाँ नेपाली खानाको प्रचारप्रसार गर्नेछन् । कार्यक्रममा डा रिकले नेपालको परम्परागत खाना र खाना संस्कृतिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाली मौलिक खाना अन्तर्रा्ष्ट्रियकरण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अभियन्ता शाक्यको अग्रसरतामा विभिन्न २३ वटा मौलिक खाना छनोट गरी प्रवद्र्धनात्मक अभियान थालिएको छ । 

नेपाली खानाको  प्रवद्र्धन अभियानलाई प्रशिक्षण र सद्भावनादूतको जिम्मेवारीले महत्वपूर्ण सहयोग पुग्ने महासचिव शाहको भनाइ छ । रासस 

निगमको वार्इड बडी खरिदमा राष्ट्र बैंकको प्रश्न

काठमाडौ। नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एअरबस ३३० - २०० सेरिजको २ नयाँ जहाजका सन्दर्भमा नेपाल राष्ट्र बैंकले पनि प्रश्न उठाएको छ । नेपाल

विमान खरिदमा ६ अर्ब कुम्ल्याउन यस्तो छ चलखेल

काठमाडौं । नेपाल वायु सेवा निगममा नयाँ जहाज खरिद गर्दा करिब ६ अर्ब रुपैंयाँ मिलिजुली खान अनेकौं चलखेल भैरहेको तथ्यहरु फेला परेका छन्। निगमले हाइफ्लाई

यी हुन् महिलाको ब्याङ्क खाता धेरै भएका देश

लण्डन । विश्वमा जम्मा छवटा देशहरू मात्र छन् जहाँ पुरुषको तुलनामा महिला ब्याङ्क-खातावाल धेरै छन्। ती देश हुन्- आर्जेन्टिना, जोर्जिया, इण्डोनेसिया,

सरकार जग्गा कारोबारीको सम्पत्ति छानबिन गर्दै

काठमाडौँ, २ जेठ । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला