शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको उद्धार

रत्ननगर चितवन, २७ माघ। चितवनको सौराहास्थित शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको आज बिहान सकुसल उद्धार गरिएको छ । 

सौराहाको एक घरमा बनाइएको शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडालाई आज बिहान सकुसल उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । 

राती आवतजावत गर्ने क्रममा सौराहा आसपास घुम्दै हिँड्ने गैँडा सेफ्टी ट्यांकीमा परेको थियो । राति हात्तीसहित निकुञ्जका कर्मचारी र सेनाको टोलीले गैँडाको उद्धार गरेको उद्वारमा खटिएका चितवन राष्ट्रिय निकुञ्जका पशुस्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिए । सेफ्टी ट्यांकीको बिर्को(ढकन) भासिन गई गैँडाभित्र पस्न पुगेको थियो । 

उहाँकाअनुसार सेफ्टी ट्यांकी भत्काई बाटो बनाएर गलको सहयोगमा गैँडालाई निकालिएको हो । यसैबीच चितवन राष्ट्रिय निकुञ्जले आसपास क्षेत्रको घर वरपर बनाइएका खाल्डाखुण्डी पुरेर सुरक्षित राख्न मध्यवर्ती क्षेत्रका बासिन्दालाई अपिल गरेको छ । 

यस्ता खाडल पुर्न र सेफ्टी ट्यांकी, गोबर ग्यासका लागि बनाएको स्थानलाई सुरक्षित राख्न निकुञ्जको पूर्वी सेक्टर कार्यालय चितवनले सार्वजनिक सूचना नै जारी गरी अपिल गरेको हो । 

यस्ता खाल्डाखुल्डीमा बाघ, गैँडा, हात्ती तथा दुर्लभ वन्यजन्तु परेर फस्ने तथा मृत्युसमेत हुनसक्ने भएकाले ध्यानाकर्षण गराइएको निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले जानकारी दिए ।रासस
 

नेपाल एयरलायन्सले दोहामा दैनिक उडान तथा जापानमा पनि सिधा उडान गर्ने

काठमाडौँ, २३ असार । नेपाल एयरलायन्सले नयाँ वाइडवडी जहाज  बाट कतारको दोहामा दैनिक उडान गर्ने योजना बनाएको छ । वाइड बडी ए ३३०–२०० सिरिजको

नेपाल एयरलायन्सले दोहामा दैनिक उडान गर्ने, जापानमा पनि सिधा उडान

काठमाडौँ, २३ असार । नेपाल एयरलायन्सले नयाँ वाइडवडी जहाज  बाट कतारको दोहामा दैनिक उडान गर्ने योजना बनाएको छ । वाइड बडी ए ३३०–२०० सिरिजको

जापान, कोरिया र साउदी अरबमा नयाँ जहाज उडाउँदै नेपाल एयरलायन्स

काठमाडौं, २१ असार । राष्ट्रिय ध्वजाबाहकले पहिलो वाइडवडी जहाजको आगमनसँगै लामो दुरीको गन्तव्यमा जहाज उडाउने तयारी गरेको छ । नेपाल देखि अष्ट्रेलिया

रानीपोखरी पुरानै शैलीमा पुनःनिर्माण गरिने 

  काठमाडौँ, १९ असार । रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री ९कंक्रिट० हटाइएको छ ।  अबको केही दिनमानै