स्वास्थ्य संस्थामा सुत्केरी गराए,  दुई हजार भत्ता

सल्लेरी, सोलुखुम्बु, २७ माघ।  महाकुलुङ गाउँपालिका सोलखुुम्बुले मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिएको छ । 

आमा र बच्चा दुवैको सुरक्षाका लागि बर्थिङ सेन्टरमा प्रसूति गराउने आमालाई प्रोत्साहन गर्ने उद्देश्यले गत पुस २५ गतेदेखि लागू हुने गरी भत्ता दिने निर्णय गरिएको थियो । 

सोही निर्णयअनुसार एक महिनाको अवधिमा दुई जना आमाले भत्ता बुझिसकेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक हरिप्रसाद आचार्यले जानकारी दिए।  

सरकारले प्रदान गर्दै आएको रु एक हजार ५०० र गाउँपालिकाको तर्फबाट प्रदान गर्ने रु दुई हजार गरी जम्मा रु तीन हजार ५०० भत्ता सत्केरीले बुझेका छन् । यस्तै अन्यत्र पठाउनु परेमा सरकारको तर्फबाट रु ५०० र गाउँपालिकाको तर्फबाट रु दुई हजार गरी जम्मा रु दुई हजार ५०० भत्ता पाउने छन् । 

साविक छेस्काम, बुङ र गुदेल गाविसलाई मिलाएर बनाएको महाकुलुङ गाउँपालिकाको तीन वटा स्वास्थ्य चौकीमध्ये गुदेल स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । साविकको छेस्काम र बुङमा समेत बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए।  
थुलुङ दूधकोशी गाउँपालिकाले भने अस्पतालमा प्रसूति गराउनेलाई रु पाँच हजार र बर्थिङ सेन्टरमा प्रसूति गराउनेलाई रु तीन हजार ५०० प्रदान गर्ने निर्णयको गत माघ ५ गतेदेखि कार्यान्वयन भएको छ । 

स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा 

गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । २५ जना स्वास्थ्य स्वयंसेविका रहेको उक्त गाउँपालिकामा चैतदेखि यो कार्यक्रम शुरु गरिने गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए । 

पाँच जनाको परिवारलाई सरकारले स्वास्थ्य स्वयंसेविका भएकाले दिएको छुटपछि प्रिमियम तिर्नुपर्ने रकम रु दुई हजार २५० गाउँपालिकाले तिर्ने भएको हो । यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई कामको मूल्यांकनका आधारमा प्रोत्साहन भत्ताबापत एक जनालाई वार्षिक रु १० हजार दिने भन्दै बजेटसमेत विनियोजन गरेको छ ।रासस
 

गाजर स्तन क्यान्सरबाट जोगाउने अचुक अस्त्र

 नियमित गाजर खाने महिलाहरुलाई स्तन क्यान्सरको भयानक रोगले समाउन नसक्ने विज्ञहरुले दावी गरेका छन् । उनीहरुका अनुसार नियमित गाजर खाएमा स्तन

अश्लिल भिडियो हेर्ने व्यक्तिको मष्तिष्क खुम्चिने खतरा

  किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसे उनीहरुको मष्तिष्कमा असर पर्ने मष्तिष्कको आकार घट्ने अनुसन्धानबाट पत्ता

सोडा मिसाएको खुलासापछि दूध बिक्री आधा घट्यो

काठमाडौं । विभिन्न डेरी उद्योगहरूले प्रशोधित दूधमा सोडालगायत अखाद्य वस्तु मिसाएको तथ्य सार्वजनिक भएपछि दूधको बिक्री घटेको छ । डेरी उद्योगहरूका

 यसरी जोगाउन सकिन्छ मृगौला

काठमाडौं । मानव शरीरको महत्वपूर्ण अंगमध्ये एक हो मृगौला अर्थात किड्नी । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोस्ने, मुत्र उत्पादन