स्वास्थ्य संस्थामा सुत्केरी गराए,  दुई हजार भत्ता

सल्लेरी, सोलुखुम्बु, २७ माघ।  महाकुलुङ गाउँपालिका सोलखुुम्बुले मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिएको छ । 

आमा र बच्चा दुवैको सुरक्षाका लागि बर्थिङ सेन्टरमा प्रसूति गराउने आमालाई प्रोत्साहन गर्ने उद्देश्यले गत पुस २५ गतेदेखि लागू हुने गरी भत्ता दिने निर्णय गरिएको थियो । 

सोही निर्णयअनुसार एक महिनाको अवधिमा दुई जना आमाले भत्ता बुझिसकेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक हरिप्रसाद आचार्यले जानकारी दिए।  

सरकारले प्रदान गर्दै आएको रु एक हजार ५०० र गाउँपालिकाको तर्फबाट प्रदान गर्ने रु दुई हजार गरी जम्मा रु तीन हजार ५०० भत्ता सत्केरीले बुझेका छन् । यस्तै अन्यत्र पठाउनु परेमा सरकारको तर्फबाट रु ५०० र गाउँपालिकाको तर्फबाट रु दुई हजार गरी जम्मा रु दुई हजार ५०० भत्ता पाउने छन् । 

साविक छेस्काम, बुङ र गुदेल गाविसलाई मिलाएर बनाएको महाकुलुङ गाउँपालिकाको तीन वटा स्वास्थ्य चौकीमध्ये गुदेल स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । साविकको छेस्काम र बुङमा समेत बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए।  
थुलुङ दूधकोशी गाउँपालिकाले भने अस्पतालमा प्रसूति गराउनेलाई रु पाँच हजार र बर्थिङ सेन्टरमा प्रसूति गराउनेलाई रु तीन हजार ५०० प्रदान गर्ने निर्णयको गत माघ ५ गतेदेखि कार्यान्वयन भएको छ । 

स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा 

गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । २५ जना स्वास्थ्य स्वयंसेविका रहेको उक्त गाउँपालिकामा चैतदेखि यो कार्यक्रम शुरु गरिने गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए । 

पाँच जनाको परिवारलाई सरकारले स्वास्थ्य स्वयंसेविका भएकाले दिएको छुटपछि प्रिमियम तिर्नुपर्ने रकम रु दुई हजार २५० गाउँपालिकाले तिर्ने भएको हो । यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई कामको मूल्यांकनका आधारमा प्रोत्साहन भत्ताबापत एक जनालाई वार्षिक रु १० हजार दिने भन्दै बजेटसमेत विनियोजन गरेको छ ।रासस
 

 सरकारी अस्पतालको ल्याब बिग्रियो जनता महंगो निजी अस्पतालको मारमा 

पर्सा, ७ फागुन । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा रहेका उपकरण बिग्रिएपछि उपचारका लागि अस्पताल आउने बिरामीले समस्या

यी हुन् बीस प्रतिशत मात्र मुटु चल्ने डाक्टर

मेरो नाम डाक्टर मिमी गिरी हो । म त्यो डाक्टर  हुँ  जसको मुटु बीस प्रतिशत मात्र चल्छ । अब तपाईँ आफैं सोच्नुस यदी मेरो मुटु पुरै चल्थ्यो त मलाई कस्तो

मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता

भक्तपुर, ५ फागुन । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण

अनुसन्धान भन्छ, ‘एउटा स्याउले गम्भीर रोगबाट बचाउँछ’  

अग्रेजीमा एउटा भनाई छ, ‘एन एप्पल अ डे, किप डक्टर अवे’ अर्थात दैनिक एउटा दाना स्याउ खानाले डाक्टरबाट टाढै बस्न सकिन्छ । हालै युनिभर्सिटी अफ