हावाबाट विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन

खजुरा बाँके, २७ माघ । खजुरास्थित क्षेत्रीय कृषि तालीम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । 

करिब दुई वर्षसम्म सम्भाव्यता अध्ययनपछि प्राप्त नतिजाका आधारमा विद्युत् निकाल्ने सकिने वा नसकिने यकिन हुने जिल्ला समन्वय समिति बाँकेका ऊर्जा इञ्जिनीयर रामबाबु यादवले बताए । खजुरामा पाँच महिनाअघि हावाको गति मापनका लागि ८० मि अग्लो टावर जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निजी क्षेत्रले हावाको गति मापन गरिरहेको छ । 

दुई वर्षका अवधिमा पटक पटक अनुगमन गरी हावाको गतिबारे जानकारी लिइने छ । अहिले पनि एक पटक हावाको गतिका बारेमा जानकारी लिइसकिएको इञ्जिनीयर यादवले बताए । हावाको गति मापनका लागि पंखासहितको टावरमा सफ्टवेयर राखिएको छ । यादवले भने,  “दुई वर्षसम्म प्राप्त हुने तथ्यांकका आधारमा हावाबाट विद्युत् निकाल्न सकिने वा नसकिने भन्ने यकिन हुन्छ ।” तराईका जिल्लामा बाँकेमा पहिलो पटक हावाबाट विद्युत् उत्पादनका लागि अध्ययन थालिएको हो । रासस

यी हुन् सबैलाई कामलाग्ने बैङ्किङ प्रविधिहरू

काठमाडौं । बुटवलकी जुनु आचार्य काठमाडौंको एक अस्पतालका चिकित्सकसँग आफ्नो उपचारका विषयमा कुरा गर्दै थिइन् । तर, अकस्मात् उनको मोबाइलमा ब्यालेन्स

फेसबुकमा आफ्नो डाटा कसरी सुरक्षित राख्ने ? 

हालै मात्र करोडौ मानिसको व्यक्तिगत विवरणको दुरुपयोग भएको आरोप फेसबुकमाथि लागेको छ ।  रिसर्च फर्म क्याम्ब्रिज एनालिटिका माथि पाँच करोड फेसबुक

नेपालमा दैनिक २५ देखि ३० भूुकम्प

काठमाडौँ, ९ चैत ।  नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२

के चन्द्रमामा ‘फोर जी’ संभव होला ?

लण्डन । कतिपय मोबाइल प्रयोगकर्ताले तीव्र गतिको फोर जी नेटवर्कको प्रयोग गर्न नपाइरहेका बेला चन्द्रमामा त्यसको शुरूवात गर्न लागिएको छ। भोडाफोन