यसरी असफल भएको थियो एमाले फुटाउने भारतीय योजना 

भारतीय राष्ट्रपति प्रणव मुखर्जी ४ नोभेम्बर २०१६ मा नेपाल  भ्रमणमा आए। यो नेपाल भारतबीचको परम्परागत मामला थियो। तैपनि बिग्रँदो नेपाल भारत सम्बन्धमा यसलाई धेरैले सहज हुने अनुमान गरेका थिए। भारतको त्यो कुटील चाल भनेर धेरैले पत्याएका थिएनन्।

संसारले नेपालको नयाँ संविधानको स्वागत गर्यो। तर भारतले ‘नोटीस’ मात्र गर्यो। यसको एउटै कारण थियो–अगिकृत मधेशीले पनि बंशज सरह अधिकार पाउनु पर्छ भन्ने। भरतमा सोनियाँ गान्धी प्रधानमन्त्री हुन खोज्दा अंगिकृत – ईटालियन्) भन्दै विरोध गर्ने नरेन्द्र मोदीको यो प्रयास थियो। 
भर्खरै भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपाल आएर गईन।्। उनको भ्रमण नेपालको लागि दया मायाले भएको थिएन। । भारतीय स्वार्थमा केन्द्रित रहेको आम अनुमान छ। स्वराजले मोदीसँग लिएको म्यान्डेट  एमाले अध्यक्ष केपी शर्मा ओली बाहेकको अरु कसैको नेतृत्त्वको सरकार निर्माण थियो। तर यो जटिल थियो।

त्योबेला मुखर्जी नेपाल आउँदा दुईवटा पत्र बोकेर साथमा ल्याएका थिए। एउटा पत्र कुटनैतिक मर्यादाका लागि थियो। अर्को पत्र एमाले फुटाउनका लागि थियो। पहिलो पत्र थियो ‘महामहिम राष्ट्रपति विद्या भण्डारीज्यू तपार्इँलाई भारतमा स्वागत गर्न  हामी आतुर छौ’। यो पत्र केवल कुटनैतिक मर्यादाका लागि थियो। भारत सरकारको  अर्को षड्यन्त्रपूर्ण पत्र थियो । त्यसमा  एमाले वरिष्ठ नेता माधव नेपाललाई संवोधन गरिएको थियो।  ‘महामहिम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालज्यू तपाईँलाई हामी भारतमा स्वगत गर्न चाहन्छौ’।

एमालेभित्र यो पत्रले एक किसिमको तनाव बढायो।  भारतमा संस्थापन पक्ष फेरिएको थियो। लामो समय कांग्रेस आईको सत्ता सकिएर भारतीय जनता पार्टीेमा गएको थियो। नेपालमा भारतले पत्याएका दुई नेता थिए। एक सूर्यबहादुर थापा र अर्का केपी ओली। पंचायतकालदेखिनै पत्याइएका नेता थापाको जनाधार कमजोर  भएपछि भारतको संस्थापन पक्षले ओली तर्फ आँखा तेस्र्याएको थियो। ओलीको लागि यो एउटा मौका थियो। उनले यसलाई कम्युटरको भाषामा सजिलै एसेप्ट गरे। त्यहि भएर केहि बर्ष ओलीका लागि भारत बर्ष सजिलो भयो। उनलाई यहि कालमा भारतपरस्तको आरोप समेत लाग्यो।

तर २०७२ सालमा नेपालमा संविधान जारी भएपछि ओलीको भारतसँग एकतर्फि डिभोर्स भयो। यो ओलीले चाहेका पनि थिएन्। यसको एउटै कारण थियो – भारतमा कांग्रेस आईको बहिर्गमन र जनता पार्टीको आगमन। शायद भारतमा कांग्रेस आई सत्तामा गएको भए र ओली नेपालका प्रधानमन्त्री भएको भए पनि अहिलेसम्म सत्ताको रुख कसैले पनि हल्लाउन सक्ने थिएन।

 गुजरातबाट हिन्दूवादी राजनीति शूरु गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको गुजराल बिदेश नीति बिर्सिएर नेपालमाथि घोषणा नगरी नाकावन्दी लगाए ।

तर समयले यति कोल्टो फेर्यो कि नेपालको संसदमा तालि खाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालीका गालिमा परिणत भए। युवा पुस्ताले काठमाडौंको चक्रपथ घेरेर मोदीविरुद्ध नारा लगाए। ग्याँंस, तेल , ईन्धन नपाएका नेपाली जनताले ओलीविरुद्ध नारा लगाउनु पर्नेमा भारतीय प्रधानमन्त्री मोदीविरुद्ध नारा लगाए। भारतले लगाएको नाकावन्दीले चीनमा  कोमिन्ताङ र च्याङकाईसेकको जस्तो अवस्था पैदा भयो। चीनमा जापानले आक्रमण गरेपछि  माओले जसरी घरेलु प्रतिक्रियावादसँग पछि लडौंला साथी हो अव आक्रमणको निसाना जापानी आक्रमणकारीसँग तेस्र्यायौ भने त्यसैगरी नेपालमा पनि नाकावन्दी पछि त्यहि अवस्था आयो। चीनमा त्यस्तो नेतृत्व माओले गरे । नेपालमा यसको नेतृत्वमा एमाले अध्यक्ष ओलीले गरे।

एमालेको अडानपछि नेपाल मामलामा गुजराल बिदेश नीतिमा फेल खाएको भारतसँग एमाले फुटाउनु भन्दा अर्को विकल्प थिएन। नाकावन्दी  भारतको एउटा ठूलो गलत कदम थियो। तर उसलाई स्वीकार गर्न यो महाभारत थियो। उसले  नेपालविरुद्ध नाकावन्दीको जहाज उडायो। तर ल्याण्ड गर्ने कतै एओरपोर्ट थिएन। त्यसैले एमाले फुटाउने हिसावले उसले रोज्यो फोर्स ल्याण्डिङ।

भारतले रोजेको अर्का नेता थिए एमाले वरिष्ठ नेता माधवकुमार नेपाल। त्यसैले मुखर्जीको नेपाल भ्रमणका क्रममा उसले एमाले फुटाएर भारतको असफल विदेश नीतिको सेफ ल्याण्डिङ गर्न खोजेको थियो। भारतले आफूसँग नजिक भएका नेता ओली टाढिएपछि अर्का नेता माधव नेपाल प्रयोग गर्न खोजेको थियो। तर माधव नेपाल पार्टीको संस्थापन निर्णय भन्दा बाहिर नजाने भएपछि एमाले फुटाउने योजना यसरी असफल भएको थियो। 
भारतले एमाले फुटाउनका लागि धेरै नेताहरुमाथि आँंखा लगाएको थियो। अलि झोक्की स्वभावका उपाध्यक्ष गौतम पार्टी फुटाएर चेत खाईसकेका थिए। एमाले अध्यक्ष ओली पार्टी स्थायी समिति सदस्य रहँदा बरु समानान्तर कमिटी बनाउन लागे। पार्टी फुटाउन लागेनन्। पार्टी फुटाउन साहस होईन दुस्साहस चाहिन्छ। माधव नेपाल त्यस्तो गर्ने कोटीमा परेनन्। त्यसैकारण अहिले एमाले सग्लो छ।  कुनै शीर्ष नेता अगाडि नलागि पार्टी बिभाजन हुँदैन। एमालेमा यस्तो अगाडि लाग्ने नेता नभएपछि मुखर्जीले ल्याएको पत्रमा धमिरा लाग्यो। 


 

संकल्प शक्ति नै सफलताको कडी

दर्शन एवं अध्यात्म–विद्याका विषयमा कलम चलाउनु सामान्य कुरा हैन, यसकालागि गहिरो ज्ञान–चेत, सुदूर दृष्टि, विहङ्गम परिकल्पना एवं अविचलित साधनाको

पण्डितजीको छोरो र गणतन्त्र

गाउँमा एकजना ‘हुने–खाने’ पण्डित थिए । ‘चाइन्जो–क्यारे’ भन्ने थेगो थियो उनको । प्रशस्त पैतृक जग्गा–जमिन थियो। गाई–भैँसी पालेका थिए ।

पचघैया भूत र सरकारको कथा !   

पहिला पहिला हामीले सुन्ने गरेका केहि भूतका कथा मध्यरातमा भूत आउँछ, भूत भन्दा पनि डरलाग्दो पचघैया भूत आउँछ, यो चाहिं सेतो घोडा चढेर राती १२ बजे पछि आफू

 सुन र सिण्डिकेटमा अल्झिएका ६ महिना

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ६ महिना अघि गठन भएको सरकारले अझै गति लिन सकेको छैन। आमजनता र विपक्षी दलले मात्र होइन,स्वयं नेकपाका