नेपालको प्राकृतिक शुन्दरता अवलोकन गर्न चिनियाँलाई निम्तो

काठमाडौँ, २० माघ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले चिनियाँलाई नेपाल भ्रमण गरी यहाँको प्राकृतिक छटा, साहसिक र सांस्कृतिक पर्यटनको रसास्वादन गर्न आग्रह गरेका छन् । 

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति शुक्रबार बेइजिङस्थित नेपाली राजदूतावासले त्यहाँ आयोजना गरेको कार्यशालामा उनले विद्यमान पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै पक्षबाट सहकार्य भइरहेको बताए । 

सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालको पर्यटन प्रवद्र्धनमा राजदूतावासले गर्दै आएका क्रियाकलापबारे प्रस्तुति दिएका थिए । कार्यशालामा चिनियाँ राष्ट्रिय पर्यटन प्रशासन, विश्व पर्यटन साझेदारी, चिनियाँ अन्तर्राष्ट्रिय पर्यटन सेवा, चिनियाँ युवा यात्रु सेवा, चिनियाँ सञ्चारकर्मीका साथै नेपाल र दक्षिण एशियाली मुलुकमा पर्यटन सेवा उपलब्ध गराइरहेका उद्यमी व्यवसायीको सहभागिता थियो । रासस

नेपाल एयरलायन्सले दोहामा दैनिक उडान तथा जापानमा पनि सिधा उडान गर्ने

काठमाडौँ, २३ असार । नेपाल एयरलायन्सले नयाँ वाइडवडी जहाज  बाट कतारको दोहामा दैनिक उडान गर्ने योजना बनाएको छ । वाइड बडी ए ३३०–२०० सिरिजको

नेपाल एयरलायन्सले दोहामा दैनिक उडान गर्ने, जापानमा पनि सिधा उडान

काठमाडौँ, २३ असार । नेपाल एयरलायन्सले नयाँ वाइडवडी जहाज  बाट कतारको दोहामा दैनिक उडान गर्ने योजना बनाएको छ । वाइड बडी ए ३३०–२०० सिरिजको

जापान, कोरिया र साउदी अरबमा नयाँ जहाज उडाउँदै नेपाल एयरलायन्स

काठमाडौं, २१ असार । राष्ट्रिय ध्वजाबाहकले पहिलो वाइडवडी जहाजको आगमनसँगै लामो दुरीको गन्तव्यमा जहाज उडाउने तयारी गरेको छ । नेपाल देखि अष्ट्रेलिया

रानीपोखरी पुरानै शैलीमा पुनःनिर्माण गरिने 

  काठमाडौँ, १९ असार । रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री ९कंक्रिट० हटाइएको छ ।  अबको केही दिनमानै