'जुन घरमा डेरा बसियो त्यही घरको सुन्तला चोरियो'

तपाईँ कस्तो परिवारको सदस्य हो? 

म मध्यमवर्गीय परिवारको मान्छे हुँ।

  तपाईँको बाल्यकाल कसरी बित्यो? 

 हामी मध्यमवर्गीय परिवारको मान्छे।  हाम्रो परिवार पढेलेखेको परिवार हो। बुवा ०२५ सालमा बित्नु भो।  बुवाको त्यो जमाना राणा शासनकै समय थियो। हाम्रो बुवा मानिसहरुलाई पढाउँदै हिँड्नुहुन्थ्यो। स्कूलहरु खोल्नुपर्छ भन्नुहुन्थ्यो।  आफ्ना गाउँमामात्र होइन अन्यत्र पनि यसो गर्नुहुन्थ्यो रे। स्कूलहरुलाई चन्दा दिनुहुन्थ्यो रे। बुवा बितेपछि आमाले हामीलाई शिक्षादीक्षा दिनुभयो। 

 त्यसोभए तपाईँहरु त्यहाँंको हुनेखाने परिवार हो? 

त्यो बेलाको हिसाबले हुनेखाने हो,अहिलेको हिसाबले मध्यम वर्ग। 

 स्कूल पढ्दा कतिको अभाव झेल्नु पर्यो? 

 खान लाउन नै नपाउने अवस्थाको अभाव त भएन। म ७ कक्षासम्म आफू जन्मेको गाउँमा पढेँं। त्यसपछि दशसम्म संखुवासभाको मादीमा गएर पढेँं। त्यो चाहिँ मेरो घरबाट डेढदिन जतिको पैदलबाटोमा पर्छ। त्यो बाटोमा हामी चामल तरकारी बोकेर लिएर जान्थ्यौं, उतै डेरामा बस्थ्यांै। हामी आफंै पकाएर खान्थ्यौ। स्कूल बस्दा दुईखाले तरकारी वा दालभात कहिल्यै खाईएन। सामान्यतया एउटै तरकारी खान्थ्यांै। कहिले स्कुसमा झोल हालेर खान्थ्यौं। कहिले गुन्द्रुकको झोलसँग भात खान्थ्यौं।

 त्यसरी बस्दा मासुभात पनि त खानुभयो होला?

 खान त खाईयो। तर पर्याप्त खाईएन। चाहेको जति खान पैसा पनि हुँदैनथ्यो। गाउँमा त धान चामल पो हुन्थ्यो। तर पैसा त हुँदैनथ्यो नि !

 घर बसेको बेला चाहिँ के काम गर्नुहुन्थ्यो?

 गाउँमा गर्ने सबै काम गरें। घाँंस काटें।  गाई भंैसी दुहें। हलो जोतें। काम नगरेको धेरै भएकोले अहिले जोत्न चाहिँ अलि कठिन होला। तर जोत्नु पर्यो भने पछि हटिँदैन।

 स्कूल पढ्दा सबैभन्दा बढि खर्च कतिसम्म गर्नुभएकोछ?

 स्कूलमा फिस तिर्ने हो। अरु फजुल खर्च केहि गरिएन। आठ नौ दश पढ्दा बजारमा जाने चामल किनेर ल्याउने गरियो। त्यो बेला बाहिर चिया पसल पनि  हुँदैनथ्यो। त्यसो भएपछि चिया खाने कुरै भएन। कहिलेकाहिँ हाट लाग्थ्यो। त्यहाँ गएर जुलेवी र सेल किनेर  खुव मज्जाले खाईन्थ्यो। त्यसबेला भने कस्तो मज्जाले खान पाईयो भन्ने खुशी जस्तो लाग्थ्यो

 जुलेवी र सेलको चाहिँ कति मूल्य पथ्र्यो?

 त्यस्तै २५ पैसा र आठआना

 स्कूलमा तपाईँ कस्तो विद्यार्थी हुनुहुन्थ्यो?

 म सामान्य र सोझो खालको विद्यार्थी थिएँं। मैले बदमासी गरेको भनेर मास्टरले कहिल्यै सिकायत गरेनन्। स्कूल पढ्दा सानातिना चक्चक् त गरियो। कसैको सुन्तला काँक्रा चोर्न जाने काम चाहिँ गरियो। सुन्तला र काँंक्रा चोरेको छु मैले।

 एक्लै चोर्नु भो कि साथीहरु मिलेर?

 चोर्न पनि साथीहरुसँगै मिलेर गईयो। खान पनि बाँंडेर खाईयो। कहिलेकाहिँ एक्लै पनि चोरियो।

 चोरेको बेला सुन्तला र काँंक्रा धनीको फेला परिएन?

 त्यसरी फेला त परिएनन। तर मादीमा बस्दा एउटा रमाईलो घटना भएको छ। एकजना दाहालको सिंगै घर खाली थियो। त्यसमा एकजना बूढी आमा बस्नुहुन्थ्यो। त्यसमा हामी डेरा बस्थ्यौं। आमाले हामीलाई पनि भरोसा गर्नुहुन्थ्यो। आफ्नै छोरा जस्तो गर्नुहुन्थ्यो। परीक्षाको बेला हामी रातीसम्म पढ्थ्यौं। अरुबेला दशबजे सुत्थ्यांै। परीक्षाको बेला १ बजे रातिसम्म पढ्थ्यांै। त्यो घरमा खुव सुन्तला फल्थ्यो।  अनि आमा सुतेपछि हामी सुन्तला चोथ्र्यांै। रुखमा चढेको बेला आमैले भित्रबाट को हो? त्यहाँ को छ भनेर कराउनु  हुन्थ्यो। तर आमै बिहानमात्र बाहिर निस्कनु हुन्थ्यो। अनि भन्नुहुन्थ्यो – ‘लौ हेर,यहाँका सुन्तला चोरेछन्,तिमीहरुले हेर्नु पर्दैन।’ अनि हामी जवाफ दिन्थ्यो–‘आमा हामी पनि त भुसुक्कै निदाएछौं।’ 

 स्कूलमा गल्ति गरेर कहिल्यै डेस्कमाथि  उभिनु भएको छ? 

 छ नि ! समयमा स्कूल नपुग्दा र होमवर्क नगर्दा यस्तो सजाय भोगिएको छ। हर्कराज चेम्जोङ हेडसर हुनुहुन्थ्यो। उहाँ राम्रो पनि छुच्चो पनि हुनुहुन्थ्यो। उहाँसँग स्कूलको चावी हुन्थ्यो। त्यो चावीको झुप्पाले धेरैपटक पिट्नु भएको छ। उहाँले पिट्नु पनि भएको छ। उठबस पनि गराउनु भएको छ। कुखुरा पनि बसाउनु भएको छ। 

 स्कूलको जीवनमा तपाईँले नबिर्सने घटना के छ?

 हामी स्कूलमा लाङ्लात्ती (खुट्टा जुधाएर खेलिने स्थानीय खेल) खेल्थ्यौ । यस्ता घटना अहिले पनि याद आईरहन्छ।

 माथिल्लो कक्षामा गएपछि त यसो केटी साथीहरुसँग पनि आँखा लडाईयो होला नि?

 हामी गाउँ छोडेर पढ्न गएकोले ध्यान पढाईमा मात्र थियो। अलिअलि राजनीतिक चेतना पनि शुरु भएको थियो। हाम्रो त्यतातिर  ध्यानै गएन। कुनै केटीले प्रस्ताव पनि राखेनन्। 

 कलेजमा नि? 

 मैले काठमाडौंको महेन्द्ररत्न ताहाचलबाट कलेज जीवन शुरु गरेको हो।

 कलेजमा पढ्दा त निकै प्रस्ताव आए होला नि? 

कलेजमा पढ्दा म सानो थिएँ। गाउँबाट आएको राम्रोसँग लुगा पनि लाउन नजान्ने। कतिपय केटीहरुले जिस्कँदा ‘कस्तो खेलौना जस्तो मान्छे’ भन्थे मलाई। तर कसैसँग कुनै लभ गरागर भएन।

 प्रेम पत्र लेखालेख पनि भएन त?

 कसैले पनि मलाई प्रेम पत्र लेखेन। मैले पनि लेखिन। आजकालको जस्तो मोवाईल भएको भए एसएमएस आदानप्रदान हुन्थ्यो होला। 

 कलेज पढ्दाको नबिर्सने घटना?

 कलेज पढ्न थालेपछि राजनीतिमा बढि लागियो। आईएड पहिलो वर्षमा मात्र नियमित कक्षा लिईयो। त्यसपछि प्रहरीले पनि लखेट्न थाल्यो। डेरा पनि कहिले कता कहिले कता हुनथाल्यो। केपी ओली,मोहनचन्द्र अधिकारी, आरके मैनालीहरु जेलमा थिए। उनीहरुलाई रिहा गर भनेर राती भित्ता लेखिन्थ्यो। एकपटक प्रहरीले बिष्णुमतिमा हामीलाई लखेट्यो। त्यहाँ चाहिँ धेरै सुँगुर पाल्दा रहेछन्। अनि हामी दौडिएपछि सुँगुर पनि हा हा र हु हु गरेर कराए। एकदिन न्यूरोड गेटमा राती भित्ता लेख्दै थिएँ। प्रहरीले लखेटी हाल्यो। भागेर जाँदा एउटा ढोका खुल्ला देखेर पसेँ। त्यो त ट्वाईलेट पो रहेछ ! राती १ बजेदेखि बिहान उज्यालो हुँदासम्म त्यहाँभित्रबाट चुकुल लगाएर बसेँ।

 प्रहरीसँगको लुकामारीको रमाईलो सन्दर्भ होला नि? 

त्यसबेला प्रहरी पनि गजब गजबका हुन्थे। हामी ‘निरंकुश पंचायती व्यवस्था मुर्दावाद’ लेख्थ्यौं। पछि प्रहरीले ‘मुर्दाबाद’ मेटेर जिन्दावाद लेख्थे। उसलाई ‘जिन्दावाद’ भए पुग्यो।  निरंकुश चाहिँ बाँकी नै रहन्थ्यो। उसले मुर्दावाद मेटेपछि बाँकी रहन्थ्यो ‘निरंकुश पंचायती व्यवस्था जिन्दाबाद!’ 

 रक्सी खानुभयो?

 खाएँ नि, धेरै नै खाएँ। लिम्बु गाउँको मान्छे। रक्सी,कुखुराको मासु,सुँगुरको मासु खाईयो। भोजभतेरमा जाँदा नखाउँ भन्दाभन्दै त्यहींबाट सिकियो। प्छि क्याम्पस आएपछि हामी केहि  साथीहरु मिलेर खान्थ्यांै। खानुपर्ने भन्दा ज्यादा पनि खाईयो। मात्ने गरि पनि खाईयो। पुतली सडकमा खाएर हामी मातेको धेरैले देखेका छन्।

 रक्सी खाएर मातेको रमाईलो घटना सुनाउनु न !

 धेरै रमाईला कुरा छन्। एकपटक तिहारमा अखिलको देउसी खेल्यांै। देउसीको अन्तिम दिन केही साथी मिलेर ठमेलमा रक्सी खायांै। ठमेलतिर धेरै रेष्टुरेन्ट बन्द भएका थिए। २ बजे रातिसम्म रक्सी खायौं। विष्णु पन्थी भोटेबहालमा बस्नुहुन्थ्यो। हामी पिएर उहाँसँगै गएका थियौं तर उहाँले आफू बसेको घर पत्ता लगाउन सक्नुभएन, हामीले पनि पत्ता लगाउन सकेनौं। त्यसपछि उहाँले बहिनीलाई नाम काढेर बोलाउनु भयो। त्यसमा थपेर हामीले पनि कोही छ बाहिर आईज भन्दै हल्ला मच्चायौं। यो एउटा बिर्सन नसकिने घटना हो।

 तपाईँहरुको त्यसबेलाका मदिरा पार्टनर को को हुन् नि?

 यो कुरा भन्दा कसैलाई नोक्सान नगरोस्। तर हामी खानेहरुको राम्रो टिम थियो। रामनाथ ढकाल र भानुभक्त ढकाल हुनुहुन्थ्यो । शंकर पोखरेल चाहिँ रक्सी खाने ग्याङमा त्यति आउनु हुन्थेन। राजन भट्टराई, केशव पाण्डे, पनि हुुनुहुन्थ्यो। पछि रवीन्द्र अधिकारी पनि मिसिनु भो।

 यो टिममा सबैभन्दा पहिला कसलाई लाग्थ्यो?

 सबैभन्दा छिटो विष्णु पन्थीलाई लाग्थ्यो। आजकाल त बिष्णु दाईले पनि छोड्नु भयो भन्ने सुनेको छु। मैले पनि छोडें।

 रक्सी खाँदा बिल कसले तिथ्र्यो? 

 सबैले तिथ्र्यों। जोसँग बढि पैसा छ उसले बढि तिथ्र्यो। समाजवादी प्रणाली थियो हाम्रो। 

 रक्सी खाँदा चाहि कस्ता कुरा हुन्थे? 

 सबैखाले कुरा हुन्थे। राजनीतिका कुरा हुन्थे। कहिलकाहिँ नेताहरुलाई पनि उडाउँथ्यांै। केटीहरुका बारेमा कुरा गथ्र्यांै। तर छाडा थिएनौं। 

रक्सी खान छोड्नु भएको कति भो? 

२०६५ साल मंसिर १४ गते अन्तिम पटक  खाएँ। १५ गते देखि छोडें।

 त्यस्तो के बिशेष घटना भयो र छोड्नु भयो? 

 बिहेपछि मैले धेरै खान छोडेको थिएँ। थोरैथोरै खाईन्थ्यो। नेताहरुमा हामी माथिको धारणामा यी जँड्याहा हुन्,रक्सी खान्छन् भन्ने लाग्दो रहेछ। हामी बलियो राजनीतिक आन्दोलबाट आएकाले सिधै हेप्न नसक्ने। आजकालका बिद्यार्थी नेताहरुलाई जस्तो पार्टीका नेताले हामीलाई हेप्दैनथे। तर पछिपछि हामीलाई उडाउँथे। पछिल्लोकालमा मैले धेरै नै छोडिसकेको थिएँ। एकदिन पार्टीका कार्यबाहक महासचिव झलनाथ खनालले बोलाउनु भयो। उहाँको स्वभाव मसिनो तरिकाले गंभीर कुरा गर्ने खालको छ। उहाँले अव यो पार्टी तपाईंहरुकै हातमा छ। तपार्इंहरु सक्षम हुुनुहुन्छ, गर्न सक्नुहुन्छ भन्दै जानु भयो। अन्तिममा उहाँले तपार्इँको अलिकति खानपिनमा कमेन्ट आएको छ भन्नुभयो। तर त्योबेला बसेको ठाउँमा एक पेग भन्दा खाने गरेको थिईन। लगभग छोडिसकेको थिएँ। तर पनि कसैलाई जँड्याहा भनेर नेतालाई पोल लाउने मौका मिलेछ। अनि यसो सोचें जाबो एक पेग खाएर नेताहरुलाई म जँड्याहा होइन भनेर कति स्पष्टिकरण दिनु। अब खाँदै खान्न भनेर मैले खानै छोडिदिएँ।


 

 ‘पत्रकार छन् समाचार लेख्न जान्दैनन्’

अहिले पत्रकारिता पढेर आउनेहरुको संख्या धेरै छ । मैले पत्रकारिता गर्दा देशमा तीन हजारको हारहारिमा पत्रकार थिए । तर अहिले पत्रकार महासंघको सदस्य

‘हाम्रो प्रेम प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको हो’ 

तपाईँको बिचारमा प्रेम के हो? प्रेम जीवनको अत्यन्त महत्वपूर्ण पाटो हो। प्रेमबिनाको जीवन निरस हुन्छ। त्यसैले जीवनलाई सरस बनाउने, जीवनमा उर्जा थपिदिने,

 ‘पछि थाहा भो उनी त मदन भण्डारी पो रहेछन्’

काठमाडौंको डिल्लीबजार ओरालोका ध्रुव सापकोटालाई नचिन्ने कमै होलान्। पत्रपत्रिकाको व्यवसाय गर्ने धु्रबले तीनदशकको यो व्यवसायिक करिअरमा राजनीतिक

‘मन लागेको भए डेढ घण्टामै बिहे गर्थें’

तपार्इँ कस्तो परिवारको मान्छे?  मध्यमबर्गको परिवारको मान्छे हो।  तपार्इँको स्कूल जीवन?  झापाको बुधबारेमा पढेकी हूँ।  स्कूलमा कस्तो स्वभाव