नारायणगढ–मुग्लिन सडक एक महिनासम्म दिउसो पनि बन्द 

चितवन, १३ माघ । नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी साधन रोकेर काम गरिने भएको छ । 

रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एक महिना सवारी साधन रोकेर काम गरिने प्रजिअ नारायणप्रसाद भट्टले बताए । 

यसअघि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएको थियो । गत वर्ष बिहान १० बजेदेखि ४ बजेसम्म गाडी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएकाले स्थानीय प्रशासनसँग दिउँसो नै सडक रोकेर काम गर्न माग गरिँदै आएको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अपराह्न सवारी साधन रोक्ने ठाउँ तय गरेको छ । कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा तथा बस र साना सवारी साधनलाई जुगेडी र दासढुंगामा रोकिने छ । काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेबाटारमा रोकिने छ । 
पोखरातर्फबाट आउने बस र साना सवारी साधनलाई बेनीटार र ट्रकलाई आँबुखैरनीमा रोकिने उनले बताए । हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न भई १४ दशमलव सात किमी सडक कालोपत्र भएको आयोजनाका इ. शिव खनालले जानकारी दिए । रासस

 पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिक बन्ने

बैतडी, ८ फागुन । जिल्लामा पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास गरिएको छ ।  दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले

प्रमुख प्रतिपक्ष बिच्क्याउँदै ओली सरकार

काठमाडौं,८ फागुन । सरकारको नेतृत्वमा पुगेलगत्तै बाम गठबन्धनको सरकारले प्रमुख प्रतिपक्षलाई बिच्क्याउने काम सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा

जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

बाजुरा, ८ फागुन । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द

कम्युनिष्ट राजनीतिमा ब्रेक थ्रु, एमाले-माओवादी अब नयाँ दल 

काठमाडौँ, ८ फागुन ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच  एकीकरणका प्रारम्भिक सात बुँदे आधारहरुमा सहमति भएको छ ।  प्रतिनिधि सभा तथा प्रदेश