क्रिकेटको अन्तर्राष्ट्रिय टोली शनिबार आउँदै,कुरा नमिले क्यान खारेज गरिने

काठमाडौं,१२ माघ । नेपाली क्रिकेटको विवाद समाधान गर्ने उदेश्यले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टोली भोलि शनिबार नेपाल    आउँदैछ । आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजाको नेतृत्वमा आउन लागेको टोलीले आईतबार नेपालको सल्लाहकार समितिसँग गम्भीर छलफल गर्ने भएको छ ।

विगत लामो समयदेखि नेपाल क्रिकेट संघ क्यान स्वार्थ समूहहरुको तानातानले आन्तरिक द्वन्दमा परेर हाल निलम्बनमा छ । यही कारण प्रचूर संभावना भएर पनि क्रिकेट खेल अभिभावककविहीन अवस्थामा छ। केही समययता संघसंस्था र नीजि क्षेत्रको पहलमा सम्पन्न भएका प्रतियोगिताहरुले पनि नेपालमा क्रिकेटको भविष्य निकै आशलाग्दो रहेको प्रष्ट पारेको छ। तर क्यानलाई दुहुनो गाई बनाएर कब्जा गर्न चाहने समूहको निहित स्वार्थले नेपाली क्रिकेटले गतिलो अभिभावक नापएको खेलाडी,प्रशिक्षक र एम्पायरहरुले गुनासो गर्दै आएका छन्।

यस्तो समयमा हुन लागेको आईसीसी टोलीको नेपाल भ्रमणले विवाद समाधानमा निर्णायक भूमिका निर्वाह गर्ने आशा जगाएको देखिन्छ ।
केही समयदेखि नेपालभित्रैबाट विवाद समाधानको पहल गर्न आईसीसीले ८ सदस्यीय सल्लाहकार समिति बनाए पनि उक्त समितिले स्वार्थ समूहको दवावकै कारण प्रभावकारी काम गर्न सकेको छैन । समितिकै अग्रसरतामा क्यानको नयाँ विधान मस्यौदा गरिए पनि एउटा पक्षले उक्त विधानमा मनोमानी संशोधन गरेपछि आईसीसीले यसलाई मानेको छैन ।

आईसीसीले निलम्बित क्यान पुनर्गठन गर्न चित्तबुझ्दो कारण र आधार पेश गर्न दिएको मध्य डिसेम्बरसम्मको समय कुनै काम नगरी सकिएको छ । फेब्रुअरीमा आईसीसीको बोर्ड बैठक बस्ने भएकोले विवाद समाधानको अन्तिम प्रयास गर्न टोली काठमाडौं आउन लागेको थाहा भएको छ ।

यो भ्रमणमा समेत सहमति नजुटे फेब्रुअरीको बैठकबाट क्यानको सदस्यता नै खारेज गर्नेसम्मको विकल्प आईसीसी टोलीले खुला राखेको चेतावनी यसअघि नै दिईसकेको छ ।  
 

नेपालको टि–२० विश्वकप यात्रा मलेसियाबाट शुरु

काठमाडौं, ७ वैशाख । अष्ट्रेलियामा सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुने आईसीसी टि–२० विश्वकप छनौट प्रतियोगिताहरुको खेल तालीका

क्रिकेटको गाँठो फुक्यो, आईसीसीको निलम्बन हट्ने

 काठमाडौं। बिहिबार सम्पन्न भएको नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट गठित देशभरिका खेलसम्बद्ध

रुसमा दुई नेपालीले फुटबल खेल्ने

काठमाडौँ, ५ वैशाख । रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन्

 साफ च्याम्पीयनसिपको ड्र सार्वजनिक

काठमाडौं,५ वैशाख । साफ च्याम्पीयनसिप फुटबल प्रतियोगिताको ड्र बुधबार बंगलादेशको ढाकामा सार्वजनिक भएको छ । नेपाल समुह ए मा रहेको छ । नेपालको समुहमा