नेत्र चिकित्सक डा रुइतलाई भारतको पद्मश्री सम्मान

काठमाडौं,१२ माघ । तिलगंगा आँखा अस्पतालका संस्थापक एवं ख्यातिप्राप्त नेत्र चिकित्सक डा सन्दुक रुइतलाई भारतले त्यहाँको प्रतिष्ठित नागरिक सम्मान पद्मश्री पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । ६९ औं गणतन्त्र दिवसको अवसरमा भारत सरकारले यो घोषणा गरेको हो।

गणतन्त्र दिवसको पूर्वसन्ध्या बिहीबार भारतले विभिन्न विधामा सम्मान दिइएका व्यक्तिहरुको नाम घोषणा गरेको थियो। भारतको नागरिक सम्मान भारतरत्न, पद्मभूषण तथा पद्मविभूषणपछिको चौथो दर्जामा पद्मश्री सम्मान छ ।

भारत सरकारको प्रेस इन्फर्मेसन ब्यूरो पीआईबीले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेको छ १९८० मा डा सन्दुक रुइतले गरेको खोजले मोतीविन्दूको शल्यक्रियाको खर्च ९० प्रतिशतले कम भएको छ र एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका छन्।

पीबीआईका अनुसार भारतको एम्स अस्पतालबाट एमबीबीएस  गरेका  डा रुइतको प्रविधि अहिले ३० भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ। 

ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा रुइतले यही योगदानका लागि २००६ मा रामोन म्यागासेसे पुरस्कार प्राप्त गरिसकेका छन् ।

किन कम उमेरमै कपाल सेतो हुन्छ ? 

कम उमेरमै कपाल सेतो हुने एउटा नयाँ ट्रेन्ड नै बनेको छ । गुगल ट्रेन्ड सर्चका अनुसार पछिल्लो दश वर्षमा गुगलमा सेतो कपालका बारेमा खोजी गर्नेहरुको संख्या

विश्वविद्यालय, मेडिकल काउन्सिल र अख्तियारलाई मिलाउने यस्तो रहेछ तरिका

"हरिश न्यौपाने (चितवन मेडिकल कलेजका अध्यक्ष) ले एमबिबिएसमा सिट संख्या बढाउन मेडिकल काउन्सिलको एउटै मान्छेलाई पटक पटक गरेर लगभग ६० करोड खर्च गरेका

 लुम्बिनी अस्पतालमा ‘सिकलसेल एनिमिया’का बिरामी 

बुटवल, २९ असार । लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ

आँप खाऔं स्तन क्यान्सरबाट बचौं

अहिले आँपको सिजन । बजारमा अरुबेला भन्दा केही सहज मूल्यमा फलफुलको राजा मानिने आँप किन्न पाइन्छ । आँपको सेवनबाट हामीले सोच्दै नसोचेको फाइदा पाउन सक्छौ