एसईई परीक्षाको नतिजा असार पहिलो साता

  भक्तपुर, २९ जेठ । विद्यार्थीहरुका लागि फलामे ढोकाको रुपमा रहेको विगतको एसएलसी परीक्षा अहिलेको एसईईको नतिजा असारको पहिलो साता सार्वजनिक गर्ने तयारी भैरहेको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जनाएको छ ।
गत चैतमा लिईएको एसईईको परीक्षा नतिजा सार्वजनिक गर्न अन्तिम तयारी भैरहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले सरल पत्रिकासँग  बताए ।
परीक्षा नतिजा सार्वजनिक गर्नका लागि आवश्यक तयारीमा कर्मचारीहरु खटिरहेका बताउँदै रेग्मीले असार पहिलो हप्तामै नतिजा सार्वजनिक गर्ने जानकारी दिए । यसका लागि यतिबेला परीक्षाको तथ्याङ्क प्रशोधन र रुजूको काम भैरहेको नियन्त्रक रेग्मीले स्पष्ट पारे । ‘कुनै समस्या र अवरोध नआएको अवस्थामा असार पहिलो हप्तामै नतिजा सार्वजनिक गर्छौं,त्यसका लागि रातदिन काम भैरहेको छ ’ रेग्मीले भने ।
विगतका बर्षमा एसएलसी नतिजा प्रकाशित गर्दा केही त्रुटि आउने गरेको भएपनि यो पटक विगतको जस्तो त्रुटि नदोहोरियोेस् भनि होसियारीसाथ काम भैरहेको उनले बताए ।
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को विगतमा एलएलसी भनिने परीक्षा माध्यमिक शिक्षा परीक्षामा रुपान्तरण भएको होे ।
यो बर्षको परीक्षामा राजधानी काठमाडौंसहित देशभरबाट दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
यस वर्षको एसइइको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

शिक्षामा लगानीअनुसार प्रतिफल आएन : प्रधानमन्त्री

१० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय

मनाङका विद्यालय धमाधम आवासीयमा रुपान्तरण हुँदै

मनाङ, १० जेठ । गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको महसुस गर्दै मनाङका विद्यालय आवासीय बन्दै छन् । यस जिल्लामा रहेका चारवटा माविले यस कार्यको अवधारणा

शिक्षामा २० प्रतिशत बजेट माग

काठमाडौँ, ९ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा बजेट बढाउन आफूले पहल गर्ने बताएका छन् । सामुदायिक

अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन बने जोशी

काठमाडौँ, ९ जेठ । तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आएका डा. जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन् । झण्डै तीन दशकअगाडि