भारतीय राष्ट्रपति नेपाल आउँदा संस्कृत भाषाको नाटक देखाईएको थियो

काठमाडौँ, १० माघ । नेपाली भाषाको नाटकमा रसस्वादन गरिरहेका दर्शक संस्कृत भाषाको नाटकमा पनि त्यत्तिकै मोहित बन्न थालेका छन् । 

सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक मञ्चित ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक प्रदर्शनका क्रममा दर्शकले जीवन्त संस्कृत भाषाको नाटक हेर्ने मौका पाएका हुन् । 

श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका वडा नं –४ का विद्यार्थीले सो शीर्षकको नाटक यही माघ सात देखि ९ गते प्रदर्शन गरेका हुन् । गुरुकुल सञ्चालनका लागि आर्थिक सहयोग जुटाउन सामाजिक विषय वस्तुमा आधारित नाटक प्रदर्शन गरिएको अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले जानकारी दिए। 

नाटक प्रदर्शनबाट खर्च कटाएर रु एक लाख बचत भएको उहाँले बताउनुभयो । यो रकम माध्यमिक तह सञ्चालनको अनुमति पाएको गुरुकुलका ५० बटुकको आवासीय सुविधा सहितको अध्ययन अध्यापनमा लगानी गरिने जनाइएको छ । 

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले संस्कृत भाषा नरहे नेपाली संस्कृति पनि लोप हुँदै जाने बताए। “लिच्छविकालका संस्कृतका धेरै शिलालेख अहिले पनि सुरक्षित छन्, कति शिलालेख र बहुमूल्य ग्रन्थ संग्रहालयमा पनि राखिएको छ”– उनले भने। 

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले संस्कृत भाषालाई आधुनिक ढंगले अध्यापन गराउन लागिएको जानकारी दिए। 

“जडीबुटी, आयुर्वेद, योगलगायतका विषयबाट संस्कृतमा रहेको ज्ञानलाई आधुनिक शिक्षामा रुपान्तरण गर्ने प्रयास विश्वविद्यालयले गरेको छ, संस्कृत प्राचीन र आधुनिक, ज्ञान एवं विज्ञान दुवैलाई जोड्ने कडी बन्नुपर्छ”–उनले भने। 

गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपालले नगरअन्तर्गतका सबै विद्यालयमा अनिवार्य संस्कृत अध्ययन अध्यापनको व्यवस्था मिलाउन लागिएको जानकारी गराए। यसका लागि नगर कार्यपालिकाअन्तर्गतको शिक्षा समितिले विशेष गृहकार्य गरेको छ । 

गुरुकुल सञ्चालक समितिका अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले संस्कृत भाषाका नाटक प्रदर्शनलाई निरन्तरता दिइने बताए। पूर्व सचिव कृष्ण ज्ञवाली, पत्रकार कमल रिजाललगायतले संस्कृतको संरक्षणका लागि नाटक प्रदर्शनले पनि सहयोग मिल्ने जानकारी दिए। 

गुरुकुलले यसअघि विसं २०७१ चैतमा वाल्मीकि विद्यापीठको चौरमा बाँसले तयार पारिएको विशेष रंगमञ्चमा ‘स त्वम् अहम्’ अर्थात् ‘त्यो, तिमी र म’ शीर्षकको नाटक देखाएकामा दर्शकको सहभागिता बढेपछि यसपटक रंगमञ्चमै संस्कृत नाटक देखाइएको जानकारी दिइयो । 

नाटक त्रिभुवन विश्वविद्यालय संस्कृत अध्ययन संस्थानका पूर्व डीन स्व तोयनाथ पाण्डेयले लेखेका थिए। निर्देशक डा घनश्याम खतिवडाले सो नाटकको निर्देशन गरेका थिए। 

विसं २०१३ मा शुद्रकले लेख्नुभएको ‘मुद्राराक्षसम्’ शीर्षकको संस्कृत नाटक पनि प्रदर्शन गरिएको थियो । २०१६ सालमा भारतीय राष्ट्रपति राजेन्द्रप्रसाद नेपाल भ्रमणमा आउँदा ‘मुद्राराक्षसम्’ पुनः प्रदर्शन गरिनुका साथै ‘विश्वामित्र’ पनि देखाइएको प्रा डा पोखरेलले बताए। 

“राजा हुञ्जेल नारायणहिटी राजदरबारमै गएर नाटक प्रदर्शन गरिन्थ्यो, महेन्द्रका पालामा कालीदासले लेख्नुभएको मैले पनि खेलेको संस्कृत नाटक ‘स्वप्नवासदत्ता’ प्रदर्शन गरिएको थियो”– उनले भने। 

पछिल्लो समय निजी विद्यालयमा पनि संस्कृत भाषा अध्यापन शुरु भएकाले नाटक हेर्न आउने दर्शकको संख्या बढेको हो । रु १०० देखि रु एक हजारसम्मको टिकट लिएर नाटक हेर्न निजी अंग्रेजी विद्यालयमा अध्ययनरत साना विद्याथी पनि आकर्षित भएका थिए । रासस

 कोलकातामा नेपाली ‘उपियाँ’  

काठमाडौँ, ३१ जेठ । भारतको पश्चिम बंगाल राज्यको कोलकातामा ‘अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा

  ‘सपना हजार’ गीति एल्बम विमोचन

  काठमाडौँ, २६ जेठ । गीति एल्बम ‘सपना हजार’ विमोचन गरिएको छ । डा केशव शर्माको रचना र सन्तोष श्रेष्ठको संगीतमा निर्माण गरिएको उक्त एल्बममा आधुनिक,

राष्ट्रकविको स्वास्थ्यमा सुधार,चाँडै स्वदेश फर्कने

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार

\'म एक्लै बाँच्नुको आनन्द लिईरहेकी छु\' - अभिनेत्री मनिषा कोइराला

  उच्च राजनीतिक परिवारमा जन्म, करिअरमा उच्च सफलता,व्यक्तिगत जीवनमा सम्बन्धविच्छेद, क्यान्सर जस्तो भयानक रोग र त्यससँग लड्दै नयाँ जीवन जिउनु चानचुने