अब मेसिनबाट क्षयरोग पत्ता लाग्ने 

कलैया, ७ माघ । क्षयरोग निवारण र नियन्त्रण गर्नका लागि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय बारामा क्षयरोग पत्ता लगाउने जिन एक्सपर्ट उपकरण जडान गरिएको छ । 

उपकरणबाट दुई घण्टामा नै क्षयरोग पत्ता लगाउन सकिने भएकाले क्षयरोगको उपचार गर्न सजिलो भएको कार्यालयका प्रमुख रोशनलाल चौधरीले बताए। उक्त उपकरणबाट हालै १५ जनाको परीक्षण गर्दा पाँच जनामा क्षयरोग पोजेटिभ देखिएको र उनीहरुको उपचार भइरहेको बताइएको छ । बजारमा उक्त उपकरणबाट क्षयरोग परीक्षण गराउन रु पाँचदेखि आठ हजारसम्म शुल्क लागे पनि कार्यालयबाट निःशुल्क परीक्षण गरिने छ । रासस

सावधान ! बाथरोगले मिर्गौला पनि नष्ट गर्न सक्छ

काठमाडौं । जनचेतनाको अभावले बाथरोग ठूलो समस्या बन्दै गएको सम्बद्ध विज्ञहरूले बताएका छन् । यसबारे चेतना अभिवृद्धि नहुँदा तथा खानपानमा ध्यान

एक शेरबहादुरको सिंगापुरमा उपचार हुँदै,अर्का शेरबहादुरको उपचार नपाएर मृत्यु

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचार गर्न बुधबार सिंगापुर उडेका छन्। उनी त्यहाँको कुनै सुविधा सम्पन्न

यी ११ फाइदाहरुका कारण मेवाको उपभोग हितकारी

काठमाडौं, २० साउन । मेवा सामान्यतया फरक फरक भुगोलमा पाइने तथा भिटामीन ‘सी’ को खानी भएको अद्भुद फल हो । यसको सेवनले मानव शरिरमा विभिन्न प्रकारका

एक्सरे सेवा मापदण्डविपरीत

बुटवल, २२ साउन । बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा