नेपालले लियो विश्व बैंकसँग चवाली अर्ब ऋण 

काठमाडौँ, ७ माघ । विश्व बैंकले नेपालको सामाजिक–आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । 

बैंकले व्यावसायिक शिक्षा तथा तालीम परियोजना ( दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋणस्वरूप उक्त रकम उपलब्ध गराउन लागेको हो 

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र दक्षिण एसियाका लागि उक्त बैंकका उपाध्यक्ष एन्नेट डिक्सनको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र यहाँस्थित विश्व बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरे । 

शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने व्यावसायिक शिक्षा तथा तालीम परियोजनाबाट १६ देखि ४० वर्ष उमेर समूहका युवा वर्ग, प्राविधिक शिक्षालय तथा तिनका शिक्षक, प्रशिक्षक, विद्यार्थी, रोजगारदातृ निकाय लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ । 

पशुपक्षी विकास मन्त्रालयले लागू गर्ने पशुपालन नवप्रवर्तन परियोजना देशका २५ जिल्लामा सञ्चालन हुने र त्यसबाट पशुजन्य उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, आधुनिक बजारीकरणमा सघाउ पुग्ने छ । 

त्यसैगरी भैँचालोबाट प्रभावित ९६ हजार निजी घर पुनःनिर्माणलाई भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजनाले समेटेको छ । उक्त परियोजना राष्ट्रिय पुनः निर्माण प्राधिकरणले कार्यान्वयन गर्नेछ । 

देशीय निर्देशक चिम्याओले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने सचिव अधिकारीले प्राप्त सहायताप्रति आभार प्रकट गरे । रासस

नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला, सबैले पाउँछ भन्ने छैन

काठमाडौं, १० जेठ । हाल टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा पाइरहेका नेपालीहरुले यो सुविधाको निरन्तरताको लागि मे महिनाको २२ तारिख देखि जुलाई

काम पूरा नगर्ने कम्पनीको नाम संकलन

खजुरा, बाँके, १० जेठ । बाँके जिल्लामा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीको नामसहितको विवरण संकलन भइरहेको छ । गृहमन्त्रीको विशेष

डडेल्धुरा सदरमुकाममा खानेपानी अभाव,विकल्पको खोजी छैन

  डडेल्धुरा, १० जेठ  । डडेल्धुरा जिल्लाको सदरमुकामस्थित बागबजार क्षेत्रमा खानेपानीको अभाव भएको छ । पछिल्लो समयमा गर्मी बढ्नुका साथै जलवायु

सुन तस्करीका मुख्य आरोपी ‘गोरे’को बयान शुरु

विराटनगर, १० जेठ । ३३ किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा आज