अमेरिकामा सरकार बन्द : अब के हुन्छ अमेरिकामा ?

काठमाडौं । अमेरिका सरकार ठूलो संकटमा परेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले संसदमा पेस गरेको बजेट पारित हुन नसकेपछि अमेरिकामा ‘सरकार बन्द’ भएको हो । अब सरकारले सरकारी ढुकुटीबाट खर्च गर्न सक्दैन । 

अमेरिकी समय अनुसार शुक्रबार राति १२ बजेसम्म बजेट पारित हुनपर्ने थियो । तर, सत्तापक्ष र विपक्षबीच सहमति हुन सकेन । 

के हो ‘सरकार बन्द’ ?

अमेरिकामा गत तीन दशकमा बजेट पारित हुन नसकेर १६ पटक ‘सरकार बन्द’ भइसकेको छ । सरकार बन्द भएपछि सरकारले अत्यावश्यकी सेवामा खर्च गर्न सक्दैन । खासगरी राष्ट्रिय निकुञ्ज र पार्कहरु बन्द हुने, सैनिकको तलब र पेन्सन भुक्तानी हुन नसक्ने, स्वास्थ्य सेवा सम्बन्धी भुक्तानी सरकारले गर्न नसक्ने अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । 

अमेरिकी सुरक्षा सचिव जिम माटिसले ‘सरकार बन्द’ हुँदा उनको मन्त्रालयका ५० प्रतिशत काम ठप्प हुने बताएका छन् । यसबाट भिसा दिने र पासपोर्ट जारी गर्ने काममा पनि ढिलाई हुने बताईएको छ । 

राष्ट्रपति ट्रम्पको आप्रवासीप्रति कडाई गर्ने नीति विवादमा परेपछि त्यसको असर बजेटमा पनि परेको हो । कार्यकालको एक वर्षमै ट्रम्प ठूलो संकटमा परेका छन् । अमेरिकी संचार माध्यमहरुले गरेको सर्वेक्षण अनुसार अहिले ट्रम्प अमेरिकी इतिहासको सबैभन्दा अलोकप्रिय राष्ट्रपति हुन् । 

‘सरकार बन्द’ ले स्वास्थ्यका कतिपय आकस्मिक क्षेत्र र एअर ट्राफिक कन्ट्रोललाई भने असर नपर्ने बताईएको छ । यस्ता क्षेत्रका लागि वैकल्पिक बजेटको पूर्व व्यवस्था गरिएको हुन्छ । 

सन् २०१३ मा पनि यसरी अमेरिकामा सरकार बन्द भएको थियो । तर, अहिलेको सरकार बन्द विगतको भन्दा गम्भीर प्रकृतिको हुनसक्ने आँकलन अमेरिकी संचार माध्यमहरुले गरेका छन् । 


 

विमान दुर्घटनामा ६६ को मृत्यु

तेहरान, ६ फागुन । इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ ।  असेमान एयरलाइन्सको विमान

बलात्कारीलाई चार पटकसम्मको फाँसी सजाय

लाहोर, ६ फागुन । पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ ।  अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो ।

प्रेम दिवसमा गोली वर्षिएपछि

  मेक्सीको सिटी, ४ फागुन ।  मेक्सीकोको दक्षिणी सहरमा भ्यालेन्टाइन डेको अवसरमा आयोजित समारोहमा एकजना बन्दुकधारीले गोली चलाउदा सात जनाको मृत्यु

 १७ विद्यार्थीलाई गोलीले भुट्ने क्रुज को हुन्

वासिङ्टन, ४ फागुन । अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुँदै गएको छ ।  यस्ता