एमालेका उपाध्यक्ष र महासचिवको पानी बाराबार

काठमाडौ, ५ माघ । कुनैबेला एमालेमा केपी ओलीलाई अध्यक्ष बनाउनका लागि एउटै मोर्चामा लागेका उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलबीच अहिले पानी बाराबारको अवस्था देखिएको छ।

अध्यक्ष  ओलीले आफूलाई वेवास्ता गरेर पोखरेललाई बढी च्यापेको भन्ने शीर्षकमा शुरु भएको उनीहरुको मनमुटाव यसबेला आएर बिष्फोटक अवस्थामा पुगेको स्रोतले बतायो। गौतम र पोखरेल एउटै गुटमा रहँदा पनि उनीहरुबीच कहिल्यै राम्रो सम्बन्ध नरहेको एक नेताले दावी गरे। गौतमले भने आफूले केपी ओलीलाई अध्यक्ष बनाउँदा ओलीले दिएको बचन पूरा गर्न नदिन पोखरेलले नकारात्मक भूमिका निर्वाह गरेको आरोप लगाउँदै आएका छन्।

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा गौतमले आफूलाई हराउन महासचिव पोखरेलको  अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन्। गौतमले महासचिव पोखरेलको निर्वाचन क्षेत्रमा परिचालन समितिको संयोजक बनेका केन्द्रीय सदस्य सूर्य थापा लगायतले अन्तरघात गरेको आरोप लगाएका छन्।

 थापाको घुमाउरो स्वीकारोक्ति

केन्द्रीय सदस्य सूर्य थापाले भने आफू गौतमको निर्वाचन क्षेत्रमा गएको भए उनलाई जिताएर ल्याउने दावी गरे। एमाले निकट प्रेस चौतारीको बिहीबार बसेको सचिवालयको बैठकमा बोल्दै यस्तो बताएको स्रोतले जानकारी दिएको छ।

‘म पहिला प्युठानमा गौतमलाई जिताउन गएँं जिताएर ल्याँंए,अहिले महासचिवलाई काठमाडौंबाट जिताएँं। म जहाँ हात हाल्छु उतै सफलता मिल्छ’ थापाको भनाई उदृत गर्दै बैठकमा सहभागी स्रोतले भन्यो। बैठकमा उनले गौतमलाई सहयोग गर्ने पत्रकारहरु विश्वमणि सुवेदी र किशोर श्रेष्ठ प्रतिपनि आक्रोश पोखेका थिए।

स्रोतका अनुसार उनले नामै नलिईकन उपाध्यक्ष गौतममाथि पार्टी समाप्त गर्न लागेको आरोप लगाएका थिए। ‘पार्टी फुटाएर समाप्त पार्नेहरु फेरि फर्केर पनि पार्टीमा आएका छन्’ थापाको भनाई उदृत गर्दे स्रोतले भन्यो। फायल फोटो

 प्रचण्डलाई चिनियाँ राष्ट्रपतिको पुस्तक उपहार : एमाले माओवादी एकतामा यस्तो छ चिनियाँ चासो 

काठमाडौँ, ८ फागुन । एमाले र माओवादी केन्द्रवीच हुँदै गरेको एकिकरणमा चीनको निकै चासो देखिएको छ । यस बिषयमा हाल नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट

 \'ओली र म दुबै सहअध्यक्ष\': प्रचण्ड

 चितवन, ८  फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेलाई एमाले अध्यक्ष केपीशर्मा ओली र आफू दुबैजना सहअध्यक्ष रहने सहमति भएको बताएका

 सुरु भयो बाँडफाँड : महरा सभामुख, गृहमन्त्रीमा नेम्वाङ्ग ?

काठमाडौं, ८ फागुन । पार्टी एकताको आधारपत्रमा हस्ताक्षर गरेपछि एमाले र माओवादी केन्द्रका अध्यक्षहरु संवैधानिक पदहरुको बाँडफाँडमा केन्द्रित भएका छन्

ओली सरकार कसरी गिर्छ ? प्रचण्डले हात झिके मधेसवादीको साथ !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकार अब कसरी गिर्ला ? प्रश्न उठाईन थालेको छ । नेपालमा ०७ साल यता कुनै पनि प्रधानमन्त्रीले पूरै कार्यकाल सरकार