मोरङ फुटबल संघमा दीपेन्द्र  

उर्लाबारी, ५ माघ । मोरङ जिल्ला फुटवल संघको अध्यक्षमा दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।

लेटाङमा सम्पन्न निर्वाचनमा धिमालले किरण गिरीलाई २ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । धिमालले ८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी गिरीले ६ मत प्राप्त गरेका थिए । यो विजयसँगै धिमालले जिल्ला फुटवल संघमा ह्याट्रिक गरेका छन् । उनी २०६४ सालदेखि निरन्तर जिल्ला फुटवल संघमा छन् ।

 त्यसैगरी फुटवल संघको उपाध्यक्षमा दीपेन्द्र तिवारी, माधवराज भण्डारी र धनकुमार लामा निर्वाचित भएका छन् । महिला सदस्यमा कौशिला लिम्वु र सदस्यहरुमा उद्धवकुमार भुजेल, ओमप्रकाश मास्के, इन्द्रमणि पोखरेल, प्रेम तामाङ, खड्गबहादुर श्रेष्ठ (साने) नगेन्द्र घिसिङ माधवप्रसाद लिम्वु र तेजराज गिरी चुनिएका छन् ।

मोरङ जिल्लामा रहेका ए डिभिजनका १४ वटा फुटवल क्लवका १४ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेका हुन् । १४ वटा क्लव मध्ये ७ वटा विराटनगर महानगरपालिकाभित्र र ७ वटा महानगरपालिका बाहिरका रहेका थिए । वि.सं २०५२ सालमा स्थापीत संघको नेतृत्व यसअघि सन्तोष बानियाँ, प्रदिप भगत र किशोर तिम्सिनाले गरेका थिए । बानियाँले २ कार्यकाल नेतृत्व गरेका थिए भने भगत र तिम्सिनाले १ र १ कार्यकाल नेतृत्व गरेका थिए ।

 को होला विश्वकप फुटबल हेर्न पाउने ४० नेपाली

काठमाडौँ, ८ फागुन । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको

 पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व

पोखरा, ७ फागुन । भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा यहाँ आयोजित १२औँ सफल अन्तर्रा्ष्ट्रिय पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व रहेको छ

 विश्वकप छनोट खेलमा जाने नेपाली क्रिकेट टोली बन्यो

काठमाडौँ, ७ फागुन । जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट

उदयपुरमा प्याराग्लाइडिङ

उदयपुर, ६ फागुन । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण