देउवा र रामचन्द्र दुवै संकटमा, गगनलाई उपनेता बनाउन लविङ

काठमाडौं,४ माघ । नेपाली कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल खेमा ठूलो संकटमा परेको छ । पौडेलले चुनावी टिकट वितरण गर्ने संसदीय वोर्ड भंग गर्ने माग गरेका छन् । तर, ठीक यही बेला राष्ट्रिय सभाको चुनावका लागि टिकट वितरण गर्ने बेला भएको छ । अब पौडेल तथा उनको पक्षले संसदीय वोर्डको वैठकमा सहभागी भएर टिकट वितरणमा हिस्सा लिन्छ कि लिँदैन भन्ने प्रश्न उपस्थित भएको छ । 

‘भंग गर्न माग गरिसकेको समितिको वैठकमा भाग लिनु नैतिक हुँदैन,’ रामचन्द्र खेमाका एक नेताले संसदीय वोर्डको वैठकमा सहभागी नहुने जानकारी दिँदै सरल पत्रिकालाई भने, ‘संसदीय वोर्डको गठन नै अवैधानिक छ, वोर्डको अवैधानिक गठनको कारणले पनि कांग्रेसले चुनाव हारेको हो ।’

उनले वोर्ड तत्काल पुनर्गठन गर्नुपर्ने माग सभापति शेरबहादुर देउवा समक्ष राखिने बताए । 

अर्काे एक स्रोतले दिएको जानकारी अनुसार, राष्ट्रिय सभा सदस्य बन्न नेता रामचन्द्र पौडेल स्वयं पनि इच्छुक छन् । तर, वोर्ड भंग गरेर नयाँ वोर्ड बनाईए मात्र उनी राष्ट्रिय सभा सदस्य बन्ने पक्षमा छन् । 

कांग्रेसले राष्ट्रिय सभामा गत आम चुनावमा टिकट नपाएका युवा नेताहरुलाई पनि लैजाने सम्भावना रहेको छ । धनराज गुरुङ, गुरुराज घिमिरे र बद्री पाण्डेमध्ये एकलाई राष्ट्रिय सभामा लगिने सम्भावना रहेको बताईएको छ । 

यसैबीच कांग्रेस प्रवक्ता नियुक्त भएका विश्वप्रकाश शर्माले बिहीबारबाट सुरु हुने केन्द्रीय समितिको वैठकलाई ध्यानमा राखेर कतार भ्रमण स्थगित गरेका छन् । कतारमा नेपाली जनसम्पर्क समितिको कार्यक्रममा उनी र रमेश लेखक जान लागेका थिए । 

शर्मा प्रवक्ता नियुक्त भएपछि देउवा खेमाभित्र पनि असन्तुष्टि चुलिएको छ । प्रवक्ता बन्ने पक्षमा देउवा खेमाका बालकृष्ण खाँण र प्रकाशशरण महत इच्छुक थिए । त्यसैगरी गगन थापा पनि इच्छुक थिए । गगनलाई चुनाव अघि देउवाले प्रवक्ता नियुक्त गर्न लागेका थिए तर आरजू देउवा, खाँण र महतको दवाबमा अन्तिम समयमा नियुक्ति रोकिएको थियो । 

‘अरुलाई थाहै नदिई देउवाले साटसुट विश्वप्रकाशलाई प्रवक्ता नियुक्त गरेका हुन्,’ स्रोतले भन्यो । स्रोत अनुसार शर्मालाई प्रवक्ता नियुक्त गर्न लागिएको जानकारी अन्तिम क्षणमा मात्र नेतृ आरजुले पाएकी थिइन् । उनले शर्माको नियुक्ति रोक्ने प्रयाश पनि गरेकी थिइन् तर ढिला भइसकेको थियो । 

स्रोत अनुसार देउवा अब पपुलर काम गर्ने पक्षमा छन् । यही क्रममा उनले शर्मालाई प्रवक्ता बनाएका छन् भने अनुराधा कोइरालालाई तीन नम्बर प्रदेशको प्रमुख बनाएका छन् । केही युवालाई राष्ट्रिय सभामा पनि लैजाँदैछन् । 

स्रोत अनुसार देउवाले महासमितिको वैठक राखेर सातवटै प्रदेशमा प्रदेश समिति बनाउने भएका छन् । प्रदेश समितिको जिम्मेवारी नयाँ र युवालाई दिने पक्षमा देउवा छन् । 

तर, देउवालाई कांग्रेसभित्रको गुटगत समीकरण मिलाउन भने सजिलो छैन । विपक्षी खेमाका महामन्त्री डा. शशांक कोइराला देउवाप्रति नरम छन् तर रामचन्द्र पौडेल कडा रुपमा प्रस्तुत भइरहेका छन् । उता कृष्ण सिटौला खेमा पनि देउवासँग टाढिने संकेत देखिएको छ । सिटौलाले राष्ट्रिय सभा सदस्य नबन्ने घोषणा गरेका छन् । सिटौलालाई देउवाले राष्ट्रिय सभामा लैजान चाहेका थिए । 

‘सिटौला खेमा रामचन्द्र खेमासँग नजिकिन सक्छ,’ जानकार स्रोतहरुको भनाई छ । यसैबीच प्रवक्ता बनेका विश्वप्रकाश शर्माले गगन थापालाई संसदीय दलको उपनेता बनाउनुपर्छ भनेर लविङ गरिरहेको बुझिएको छ । तर, पार्टी सभापति देउवा संसदीय दलको नेता बन्छन् कि बन्दैनन् भन्ने प्रश्न अहिलेसम्म अनुत्तरित छ । देउवाले दलको नेता बन्न इच्छा गरिरहेको बुझिन्छ तर उनलाई यो काम सजिलो भने नभएको बताईन्छ । 

‘वास्तवमा देउवा अहिले संकटमा छन्, पार्टी चिराचिरा परेको छ,’ कांग्रेसका एक वौद्धिक नेता भन्छन् । 


कांग्रेस नेताहरुले पार्टीलाई सुधारको बाटोमा लग्ने भनिरहे पनि पार्टीभित्र गुटको द्धन्द नै सुधारको बाटोको तगारो बनेको छ । फायल तस्बिर

यी हुन् नेकपा झापाका १२ केन्द्रीय सदस्य

बनियानी, झापा, १० जेठ । हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा परेका छन्

पूर्व माओवादी मन्त्रीको गुनासोः म माथि अन्याय भयो

सरल संवाददाता पाँचथर, ९ जेठ । पूर्व नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री श्रीप्रसाद जबेगुले आफूमाथि ठूलो अन्याय र अपमान भएको

पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियोः प्रधानमन्त्री

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको

यी हुन् नेकपाको ४४१ केन्द्रीय सदस्य, नामावली सहित

काठमाडौँ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको