तीनजना चढेको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सुरुङ्गा,झापा ३ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको शिवसताक्षी नगरपालिका–१० भालूखोलामा आज अपराह्न भएको सडक दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ४ प ८८०८ नम्बरको मोटरसाइकलले पैदलयात्री शिवसताक्षी–१० का गोमा गुरागाईलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गौरीगञ्ज गाउँपालिका –१ का सुजन लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । 
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी गुरागाईको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । 

त्यस्तै सोही मोटरसाइकलको पछाडि सवारद्वय कनकाई नगरपालिकाकी विनिता सुब्बा र ज्योति सुब्बा गम्भीर घाइते भएको बताइएको छ । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

  पर्व र समय सुधारको माग

काठमाडौँ, ९ असार । वर्षको छोटो र लामो दिन, दिन र रात बराबर भएको तिथि र त्यससँग सम्बन्धित संक्रान्ति पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुपर्नेमा जोड दिइएको छ

  एसईईको परीक्षाफल सार्वजनिक

  भक्तपुर, ९ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल

 चोरीका गहना र नगदसहित तीन पक्राउ

  काठमाडौँ, ९ असार ।  महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र

निष्क्रिय पत्रकारको सदस्यता नवीकरण नहुने

बागलुङ, ९ असार । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ ।  दुई वर्षभन्दा बढी समयदेखि