मेयरकप क्रिकेटमा नागार्जुन विजयी

बैतडी, ३ माघ । शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकामा ‘प्रथम मेयरकप क्रिकेट प्रतियोगिता, २०७४’आजदेखि शुरु भएको छ ।  प्रतियोगिताको उद्घाटन दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र उपप्रमुख मीना चन्दले गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– २ देहिमाण्डाै लाई ८० रनले हराउँदै दशरथचन्द नगरपालिका– ११ नागार्जुन विजयी भएको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा टस जितेर ब्याटिङ गरेकोे नागार्जुनले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनायो । नागार्जुनका कप्तान राम चन्दले ३७ रन जोडेका थिए । 

बलिङतर्फ देहिमाण्डौँका ऋषिकेश बोहराले ह्याट्रिकसहित चार विकेट लिए । 

एक सय ६२ रनको लक्ष्यसहित मैदानमा उत्रेको देहिमाण्डौँ १६.४ ओभरमा ८१ रनमा समेटियो । देहिमाण्डौँका लागि ऋषिकेश बोहराले १५ रन जोडे । बलिङतर्फ नागार्जुनका मदन चन्दले तीन विकेट लिए । नागार्जुनका कप्तान राम चन्द म्यान अफ द म्याच भएको अम्पायर निरञ्जन बोहराले जानकारी दिए । 

दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालन भएको हो । टि ट्वान्टी ढाँचामा भइरहेको प्रतियोगिताको विजेताले रु ५० हजार, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले रु ३० हजार तथा प्रतियोगिताका म्यान अफ द सिरिजलाई रु पाँच हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका टोलीको सहभागिता छ । 

प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो खेल वडा नं ८ र वडा नं ११ बीच तथा अर्को खेल वडा नं २ र वडा नं ८ बीच हुनेछ । मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनाका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने नगर उपप्रमुख मीना चन्दले बताए । 

एसियाडः शनिबारदेखि सुरु हुने एसियाडको तयारी पूरा

 जकार्ता ।  आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा करिब ११,५०० एथ्लेटिक्स खेलाडी सहभागी हुनेछन् । यो संख्या गृष्मकालीन

सन्दीपले २ विकेट लिएपनि सेन्ट किट्स पराजित

काठमाडौं, ३१ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्टार सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सको तेश्रो खेलमा २ विकेट

विश्वकप रंगशालामा नेपालीको मृत्यु

काठमाडौँ  ।  सन् २०२२ को लागि कतारमा हुन गइरहेको विश्वकप रंगशालाको लागि निर्माणधीन अल वक्रा रंगशालामा मोरङका २३ वर्षीय तेजनारायण थारुको मंगलबार

 सिपिएलमा सन्दीपको तेश्रो खेल भोलि बिहान ४ः४५ बजे

काठमाडौं, ३० साउन । नेपाली स्टार सन्दीप लामिछानेको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत तेश्रो खेल नेपाली समयअनुसार भोलि बिहान ४ः४५ मा हुने