विश्वासमा पर्दा करोडौंको जग्गा गयो, आफू घरबारविहीन

उर्लाबारी,३ माघ । जालझेलपूर्ण तरिकाले आफ्नो घरजग्गा अर्कैले बेचिदिएपछि ताप्लेजुङको साविक थेचम्बु ४ स्थायी घर भई हाल ललितपुर इमाडोल बस्दै आएका मानबहादुर लिम्बू यतिबेला घरबारविहीन अवस्थामा पुगेका छन् ।

लिम्बूले आफूलाई न्यायालयले पनि साथ नदिएको गुनासो गरेका छन् । घरव्यहार चलाउन खर्च आवश्यक परेपछि उनले आफूसँग भएको आठ आना जग्गा १५ लाख रुपैयाँमा बैंकमा धितो राखेका थिए । पछि छिमेकीले आफ्नै जग्गा साँधमा रहेको दुई आना तीन पैसा जग्गा बेच्ने भएपछि उनले थप २० लाख रुपैयाँ ऋण लिए।

 ऋण लिनको लागि चिनजानमा रहेका कुपण्डोल निवासी विनोदबहादुर खड्काले नै लिम्बूलाई घरवारबिहीन बनाइदिए पछि उनी अहिले न्याय माग्दै मिडियाका ढोका–ढोका धाउन थालेका छन् ।  ऋण लिन खड्काले धितो रहेको जग्गा आफ्नो नाममा राजीनामा पास गरिदिन अनुरोध गरेपछि लिम्बूले पनि खड्काको विश्वासमा परी आफ्नो नाममा रहेको आठ आना जग्गा राजीनामा पास गरिदिएका थिए ।

जग्गा लिएपनि बीचमा थप ७ लाखका लागि लिम्बूले खड्कालाई नै गुहारे ।  खड्काले पैसा दिने तर अर्काे दुई आना तीन पैसा जग्गा पनि आफूलाई राजीनामा करार गरिदिनु पर्ने सर्त अघि सारे । यसपछि लिम्बुले थप दुई आना तीन पैसा जग्गा पनि खड्कालाई राजीनामा करार गरी दिए ।

    ऋण चुक्ता गर्न बैंकले ताकेता गर्न थालेपछि लिम्बू सोही जग्गा बेचेर खड्काको पैसा पनि फिर्ता गर्ने र बैंकको कर्जा पनि तिर्ने निष्कर्षमा पुगे । ‘बैंकको कर्जा तिर्न हामीले एक करोड ११ लाख रुपैयाँमा जग्गा बेच्यौं’,लिम्बूले भने –‘बैंकको ऋण तिरेपछि बाँकी पैसा खड्काले आफूले चलाइराख्ने र पछि तिर्ने शर्त राखे । मैले पनि हुन्छ भनेर दिएँ ।’

त्यसपछि खड्का सम्पर्क विहीन छन् । फोनमा  सम्पर्क गर्दा पनि फोन नउठाउने गर्न थालेपछि लिम्बू छाँगाबाट खसे सरह भएका छन् । हाल लिम्बूले भोगचलन गरिरहेको घरजग्गा खड्काले  तीन–चार जनाबीच किनबेच गराइसकेको लिम्बू बताउँछन् । खड्काबाट ठगिएको अहिले मात्र थाहा भयो , आफैं बसेको घर बाटा बाटै खड्काले अर्कैलाई बेचिसकेका रहेछन् । लिम्बू भन्छन्–‘मसँग घरायसी कागजपत्र छ , तर  न्यायालयले पनि न्याय दिएन ।  

सन्तान खुशी पार्न के के पो गरेनन् यी बाबुहरुले

आमाको ममताको चर्चा त तपाईँ हामी सबैले सुनेका छौं, भोगेका पनि छौं । तर आफ्ना सन्तानप्रति बुबाको स्नेहको चर्चा भने खासै सुनिँदैन । यसको अर्थ यो होइन कि

स्थानीय तहमा बैंक नहुँदा कारोबारमा समस्या

तेह्रथुम, ६ फागुन । स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ ।  तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र

 भैरब–लालमाया स्मृति पुरस्कार आदर्श प्रधानलाई

काठमाण्डौं, ५ फागुन । द्वाल्खा गुठीले यो वर्षको ‘भैरब–लालमाया स्मृति पुरस्कार’ आदर्श प्रधानलाई प्रदान गरेको छ । शनिबार राजधानीमा आयोजित एक

विहेको अघिल्लो दिनदेखि सम्पर्कविहीन खरेल भारतमा 

नवलपरासी, ५ फागुन ।  झण्डै दुई सातादेखि बेपत्ता भनिएका नवलपरासी (बर्दघाट–सुस्ता पूर्व),गैँडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल  भारतमा