राष्ट्रियसभा सदस्य निर्वाचन खर्च सीमा साडे तीन लाख 

काठमाडौँ, ३० पुस । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा भाग लिने उम्मेदवारले निर्वाचनको प्रचार प्रसारमा गर्न पाउने अधिकतम खर्चको सीमा तोकेको छ । 

आयोगको आजको बैठकले निर्वाचन खर्चको अधिकतम हद तीन लाख ५० हजार तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए। 

उम्मेदवारले मतदाता नामावली पुस्तिका खरिदमा एक हजार, सवारीसाधनमा रु ७० हजार, सवारी इन्धन ९घोडा प्रयोग गरिएकोमा दाना समेत० रु १० हजार, प्रचार प्रसार सामग्री रु १४ हजार ५००, ढुवानी रु १० हजार, गोष्ठी÷अन्तरक्रियामा रु एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यममा रु १४ हजार ५००, कार्यालय सञ्चालन रु ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध शीर्षकमा ३० हजार खर्च गर्न पाउने गरी आयोगले खर्चको अधिकतम सीमा तोकेको छ । 

‘अल्पसंख्यक समुदाय’ तोक्न आग्रह 

यसैगरी, आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’को विवरण तोकी अविलम्ब नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ । 

दस्तखत नमुना पठाउन अनुरोध 

आयोगको आजैको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना माघ ३ गतेसम्ममा पठाउन राजनीतिक दलहरुलाई सूचित गर्ने निर्णय गरेको प्रवक्ता ढकालले जानकारी दिए। रासस 

 अवैध गर्भ फाल्न खोज्दा झन्डै गयो ज्यान

पाँचथर,९ वैशाख । औषधि सेवन गरेर ७ महिनाको गर्भ फाल्न खोज्दा पाँचथरकी एक युवतीको झन्डै ज्यान गएको छ । उनले चारदिन अघि घरैमा गर्भ फाल्ने औषधि सेवन गरेकी

पूर्व प्रधानमन्त्री कोइरालाको नाममा युवा लक्ष्यित ‘सुशील श्री पुरस्कार’ स्थापना

काठमाडौँ, ९ वैशाख ।  सुशील कोइराला मेमोरियल फाउण्डेसनले भोलिको नेपालको मार्गचित्र निर्माणमा युवालाई प्रत्यक्ष रुपमा सरिक गराउने उदेश्यले एक लाख

सुख्खा रानीपोखरीमा साढे दुई करोड व्यर्थ खर्च

काठमाडौँ, ९ वैशाख । रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म रु दुई करोड ५० लाख सकिएको छ । विसं २०७२ को भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको

 व्यानरको बिवादमा एमाले माओवादीवीच चर्काचर्की

काठमाडौं,९ वैशाख । एकताको सन्देश दिन आयोजना गरिएको पहिलो कार्यक्रममै एमाले र माओवादीका कार्यकर्तावीच तिक्तता प्रदर्शन भएको छ। कार्यकर्ताहरुलाई