संखुवासभामा जिप दुर्घटनाः गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु

काठमाडौं, ३० पौष । संखुवासभा मिर्गेगौँडा सिङमाटारमा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष  खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । मकालु गाउँपालिकाको नुमबाट बरुणमेला भर्न हिँडेको बा५च १३०९ नम्बरको उक्त जिप मिर्गेगौँडाको सिङमाटार भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घटनामा मृतकहरुमध्ये खड्क कटुवाल र सुरेश राई भन्ने व्यक्तिको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए  ।

संखुवासभा जिल्लाको भोटखोला गाविस स्थित गोलामा भोली माघ १ गते भुकम्प सम्वन्धि एक दिेने अनुशिक्षण कार्यक्रमका लागी उक्त टोली जादै गर्दा दुर्घटनामा परेको बताईएको छ ।
 

पराजुली प्रधानन्यायाधीश बन्ने बाटो खुला

काठमाडौं, ३० जेठ । सर्बोच्च अदालतका बरिष्ठतम् न्यायाधीश गोपाल पराजुली प्रधानन्यायाधीश बन्ने मार्ग खुला भएको छ । सुशीला कार्कीको अवकास पछि कार्यबाहक

ल्यापटपमाथि राजपाको आक्रमण

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा

‘असार १४ को विपक्षमा नबोल ’

काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर,बाँके, ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड