इजरायली प्रधानमन्त्री भारतमा

नयाँ दिल्ली, ३० पाैष । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत अाइपुगेका छन् । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छ महिना अघि इजरायलको भ्रमणमा गएका थिए । मोदी इजरायलको भ्रमणमा जाने पहिलो भारतीय प्रधानमन्त्री थिए। 

उनको भ्रमणको छ महिनापछि उनको आमन्त्रणमा इजरायली प्रधानमन्त्री नेतान्याहु भारतको औपचारिक भ्रमणमा अाएका नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । नेतान्याहु पनि इजरायलको प्रधानमन्त्रीको रुपमा गएको २५ वर्षपछि पहिलो पटक भारतको भ्रमणमा अाएका हुन्। यसअघि करिब २५ वर्षअघि इजरायली प्रधानमन्त्री एरियल स्यारोनले भारतको भ्रमण गरेका हुन् । 

प्रधानमन्त्री नेतान्याहुको भ्रमणमा दलमा इजरायलको कृषि, अर्थ, सूचना प्रविधि, प्रतिरक्षालगायतको क्षेत्रका १३० जना सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको छ । उनिसँग आइतबार अपरान्ह भारतीय विदेशमन्त्री सुषमा स्वराजले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । उनिहरुको सम्मानमा सोमबार बिहान भारतीय राष्ट्रपति भवनमा उनिहरुको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

त्यसैगरी प्रधानमन्त्री नेतान्याहुले यस भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दलगायतसँग द्विपीक्षीय भेटवार्ता पनि गर्ने भएको समाचारमा जनाइएको छ । यस भ्रमणका क्रममा भारत र इजरायलबीच कृषि, सूचना प्रविधि र आर्थिक क्षेत्रमा केही सहमति एवम् सम्झौताहरु पनि हुने बताइएको छ । (रासस÷एएनआई)

कतार विवादले पार्ने प्रभावहरु

कामाडौं, जेठ । साउदी अरेबिया, इजिप्ट, बहराइन, संयुक्त अरब एमिरेट्स, लिबिया र यमनले कतारसँग कूटनीतिक सम्बन्ध तोडेका छन्। तर कतारको अर्थतन्त्र र त्यहाँ

ट्रम्प र हिलारीबीच ट्वीटर झगडा

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनीसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बनेकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा

नेपालीसँग माफी मागेर फर्कियो भारतीय प्रहरी

भीमदत्तनगर, १९ जेठ । नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय

हेलिकप्टर दुर्घटना तेह्रको मृत्यु

अङ्कारा, १८ जेठ । टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन्