ट्युनिसियामा सामाजिक पुनर्संचरनाको घोषणा

ट्युनिस, ३० पाैष । ट्युनिसियाको सरकारले एकहप्ता लामो आन्दोलनपछि शनिबार सामाजिक पुनर्संरचनाको घोषणा गरेको छ । स्वास्थ्य सेवासम्वन्धी बजेट बढाउने र सरकारका अरु पनि विभिन्न सेवामा सुधारगरी सामाजिक पुनर्संरचना गर्ने घोषणा सरकारले गरेको हो । 

सामाजिक मामिलामन्त्री मोहम्म ट्रबेल्सीले स्वास्थ्य सेवा तथा सामाजिक पुनर्संरचनाका कार्यक्रमहरु तयारी अवस्थामा रहेको पत्रकारहरुलाई जानकारी दिए ।  केही महिनामै स्वास्थ्य सुधार कार्यक्रम कार्यान्वयन भइसक्ने सुनिश्चित गरिएको पनि उनले बताए  ।  राष्ट्रपति बेजी कैड इस्सेब्सीले राजनीतिक दल, विभिन्न संघ संगठन र रोजगारदाताहरुसँगको परामर्शपछि सरकारले सामाजिक पुनर्संरचनाको घोषणा गरेको हो ।

उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रतिदिन बढ्दो मात्रामा रहेको भनिएको गरिबी र बेरोजगारीका विरुद्ध गत केहीदिन देखि आन्दोलन भईरहेको थियो । आन्दोलनका क्रममा सयौं प्रदर्शनकारी पक्राउ परेका थिए ।  “यो निकै ठूलो कानुनी परियोजना हो, पछि संसदमा पेस हुनेछ र अर्को हप्ता छलफल हुनेछ,” नाम नबताउने सर्तमा एकजना सरकारी अधिकारीले भने । अघिल्ला दिनहरूको तुलनामा हाल आन्दोलन थप आक्रमक र हिंसात्मक हँुदै गएपछि सरकारले सामाजिक सुधारको योजना भन्दै यी कार्यक्रम घोषणा गरेको हो । 

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटक पटक भएका झडपपछि सयौं आन्दोलनकारीलाई गिरफ्तार पनि गरिएको समाचारमा जनाइएको छ । उनीहरूलाई चोरी, लुटपाट, आगजनी र सडकहरूको अवरोध गरेको अभियोग लगाइएको थियो । तर प्रदर्शनकारीहरुले भने आफूहरुले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन जारी राखेकोमा सरकारले धरपकड गरेको बताएका छन् । 

प्रदर्शनकारीहरूले ठूलो मात्रामा श्रोत साधनको क्षति गराएका थिए भने प्रदर्शनकारीहरूलाई तितरवितर पार्न र आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले बेला बेलामा व्यापक मात्रामा बल प्रयोग गर्ने गरेको थियो । सरकारले उक्त कार्यक्रमहरुपश्चात यहाँको प्रदर्शन रोकिने अनुमान गरेको छ । तर यस विषयमा प्रदर्शनकारीहरुको भने केही भनाई आएको छैन । (रासस÷एएफपी)

  राहुलले मोदीलाई अंकमाल गरेपछि

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरेको विषयले खुव

 संसद अवरोध नगर्न ट्वीट मार्फत विपक्षीसँग मोदीको आग्रह

नयाँ दिल्ली, ४ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न प्रमुख विपक्षी दलसँग आग्रह गरेका छन् । मोदीले वर्षे

रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो

वासिङटन, ४ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको समाचार छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी

भारतमा अपहरण गर्ने नेपालमा पक्राउ

काठमाडौं, ४ साउन । करिब ४ महिनाअघि भारतको राजधानी नयाँदिल्लीमा थर नखुलेको नेपाली दम्पत्ती सोनम रसोनुले अपहरण गरि ल्याएको ४ वर्षिय भारतीय बालकको नेपाल