नरहरि सङ्क्रान्तिमा कागलाई रोटी

बैतडी, ३० पाैष ।  बैतडीलगायत प्रदेश नं ७ (सुदूरपश्चिम) का अधिकांश जिल्लाका बासिन्दाले आज कागका लागि रोटी पकाइरहेका छन् । सुदूरपश्चिममा सोमबार माघेसङ्क्रान्तिलाई नरहरि सङ्क्रान्तिका रुपमा मनाइँदै । नरहरि सङ्क्रान्तिको अघिल्लो दिन आज राति मीठोमसिनो खाने चलन रहिआएको छ । आज राति खास गरेर चामलको पिठोबाट माँडा पकाउने चलने छ । 

माघ धार्मिक महिना भएकाले यसलाई नरहरि भनिएको पं दयाकृष्ण पन्तले बताए । नर (मानिस) हरि(विष्णु)मा लीन हुने अथवा उपासना गर्ने महिनाको शुरुवात भएकाले माघेसङ्क्रान्तिलाई नरहरि भनिएको उनले बताए । यो दिन तरुललगायत खानेकुरा खाइन्छ । यस्तै आज राति पकाइएको माँडा सबैभन्दा पहिला कागका लागि छुट्याइन्छ अनि मात्र घरपरिवारका सदस्यले खाने गर्छन् । 

सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन छ । 

नरहरि सङ्क्रान्तिमा विवाहिताहरु माइत जाने चलनसमेत रहेको स्थानीयवासी हेमराज गिरीले जानकारी दिए । नरहरि सङ्क्रान्तिको दिन विभिन्न नदी तथा तलाउमा नुहाउने चलन छ । चिसो पानीले नुहाउँदा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ । रासस

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल गए 

  काठमाडौँ, ३ साउन  । महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको

 धामीले दिएको सल्लाहले रोकिएन सम्बन्ध बिच्छेद  

सल्यान, २९ असार । पछिल्लो समय यहाँ सम्बन्धबिच्छेदका घटना बढेका छन् ।  जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा

अविरल वर्षातले भक्तपुर र थिमि डुबानमा

भक्तपुर, २८ असार ।  गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।  हनुमन्ते खोलामा आएको बाढीका

 टिपर दुर्घटनामा ज्यानगुमाएका आमाबाबुको किरिया गर्दै १२ वर्षीय बालक 

पोखरा, २६ असार । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।”  मुस्ताङको लो घेकर