राष्ट्रपतिको पक्षपातपूर्ण निमन्त्रणा

काठमाडौं,३० पुुस । राष्ट्रपति विद्यादेबी भण्डारीले माघे संक्रान्ति र माघी पर्वको अवसरमा माघ १ गते शीतल निवासमा जलपानको आयोजना गरेकी छन् । 

राजनीतिक दलका नेता,संवैधानिक अंगका प्रमुख,सरकारी निकायका उच्च अधिकारी,संघसंस्थाका प्रतिनिधि,व्यापारी र कमीशन एजेण्टहरुलाई भेटघाट तथा जलपान कार्यक्रममा निमन्त्रण गरिएको छ ।

जनआन्दोलनमा सक्रिय रुपमा काम गरेका नेता,संघसंस्था,साहित्यकार,कलाकार,नागरिक अगुवा,लेखक र चिन्तकहरुलाई औपचरिक समारोहमा आमन्त्रण गर्न बिर्सँदै आएको शीतल निवासले यसपटक पनि छुटाएको एक पूर्वमन्त्रीले बताएका छन् ।

राष्ट्रपति कार्यालयका सचिब भूपेन्द्रप्रसाद पौडेलका नामबाट पठाईएको निमन्त्रणा पत्रमा राजनीतिक दलका नेतालाई कुनै पदीय हैसियत समेत उल्लेख नगरी व्यक्तिगत पत्राचारको हलुका शैलीमा निमन्त्रणा गरिएको छ । 

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो – सभापति देउवा

  काठमाडौँ, ३ असार  ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा अपत्ती जनाएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा

कम्युनिस्ट सर्वसत्तावाद विरुद्ध लड्न अपिल 

काठमाडौ, असार ३ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले वर्तमान सरकार सर्वसत्तावादतर्फ अघि बढेकाले लोकतन्त्र नै गुम्ने खतरा रहेको बताएका छन्।

 माथेमा आयोगको सिफारिस अनुसारको विधेयक ल्याउन काँग्रेसको आग्रह

काठमाडौँ, २ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन

काँग्रेस सरकारविरुद्ध सडकमा उत्रने 

काठमाडौँ, २ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन १५ गते सबै जिल्ला