नेरुडे लघुवित्तमा १३ प्रतिशत बोनस शेयर

पथरी, मोरङ, ३० पाैष । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३/७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताए । 

उनले रु एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिए । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३÷७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पूँजी रु ३४ करोड ५७ लाख ८० हजार पुगेको बताए । रासस

क्यासिनोले १४ करोड राजश्व तिरेनन्

काठमाडौँ, ९ वैशाख । तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको

 राष्ट्र बैंक साढे १३ अर्बको ट्रेजरी बिल बेच्दै

काठमाडौं,९ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले

इरानको आर्थिक विवरण अब यूरोमा

सरल संवाददाता काठमाडौं, ९ वैशाख । इरानले आधिकारीक आर्थिक विवरणमा अमेरिकी डलरको स्थानमा यूरोको प्रयोग गर्ने घोषणा गरेको छ । पछिल्ला समयमा इरानी

रु एक करोड भन्दा बढी राजश्व संकलन

नवलपरासी , ८ वैशाख । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ