आङ खस्ने महिलाको पहिचान

दुनै, डोल्पा, ३० पाैष । जिल्लामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान गरिएको छ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)ले तथ्यांक संकलन गर्न शुरु गरेसँगै महिला सशक्तीकरण केन्द्र डोल्पाले साविकका पाँच गाविसभित्र २० प्रतिशत महिला आङ खस्ने रोगबाट ग्रसित रहेको तथ्यांक सार्वजनिक गरेको हो । 

आङ खस्नेसम्बन्धी अन्तरक्रिया कार्यक्रममा साविकका त्रिपुराकोट, ल्हां, सुँ, शहरतारा, जुफाल र दुनैका करिब २५० घरधुरीमा सर्वेक्षण गरिएको केन्द्रका कोषाध्यक्ष काली चलाउनेले बताए । चेतनाका कमीको कारणले पनि आङ खस्ने रोगको समस्या धेरै भएको जोडी सहजकर्ता धनचन्द्रा सार्कीले अनुभव सुनाए । 

“कर्णालीका महिलालाई पौष्टिक आहार पनि छैन, काम नगरी खान पुग्दैन, उनीहरुलाई बाध्यता रहेको छ”, उनले भने । “पहिले पहिले महिला लाज मान्ने गर्थे, अब त सजिलै भन्न सक्ने भइसकेकाले आङ खस्ने रोगसम्बन्धी जानकारी दिन सहज भएको छ ।”  जिल्लामा पहिलो पटक महिलाको स्वास्थ्यलाई ध्यानमा राखी केडले आङ खस्ने रोगसम्बन्धी खोजमूलक काम गर्न लागेको छ । उनीहरुको पहिचानपछि जाँच गरिने र तराईका जिल्लामा निःशुल्क उपचार गरिने बताइएको छ । 

ब्लड ग्रुप पत्ता लाउने वैज्ञानिकको जन्मदिन

काठमाडौं, ३१ जेठ। आज जुन १४ विश्व रक्तदाता दिवस । ब्लड ग्रुप पत्ता लाउने वैज्ञानिकको जन्मदिन परेकोले यसैदिनलाई संसारभर विश्व रक्तदाता दिवस मनाईन्छ ।

लोकप्रिय गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

पुरुषोत्तम सुवेदी - नवलपरासी, ३० जेठ । नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय बिरामीका लागि निकै लोकप्रिय गन्तव्य बन्दै

होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !

खासै चर्चा नहुने यो रोगले पूर्वराष्ट्रपति डा रामवरण यादवलाई असर गरेपछि भने यसका बारेमा बढी कुरा हुन थालेको हो । घरपरिवार छाडेर बाहिर रोजगारीका लागि

भक्तपुर अस्पतालमा डेढ करोडका उपकरण अलपत्र

सरल संवाददाता - भक्तपुर, २६ जेठ । भक्तपुर जिल्ला अस्पतालमा अहिले पनि डेढ करोड बराबरको उपकरण र सामग्री प्रयोगबिहीन अवस्थामा रहेका छन् । केन्द्रिय