शहीद घोषणा स्वागतयोग्यः  रामचन्द्र पौडेल

काठमाडौँ, ३० पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धनकुटाको खोकु छिन्ताङमा मारिएका व्यक्तिलाई शहीद घोषणा र क्षतिपूर्ति दिने सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । 

वरिष्ठ नेता पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी पञ्चायत होस् वा सबै खाले अधिनायकवादविरुद्ध र लोकतन्त्रको पक्षमा पटकपटक संघर्ष गर्दा ज्यान गुमाएका व्यक्तिलाई शहीद घोषणा गर्नुपर्ने र सम्पत्ति खोसिएकाको उचित प्रबन्धसहित क्षतिपूर्ति दिन माग गरेका छन् । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले धनकुटाको खोकु छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई शहीद घोषणा गरी रु दश÷दश लाख राहत दिने निर्णय गरेको थियो । 

राजपाको लिखित प्रतिवध्दता माग्न आज छलफल

काठमाडौं, ३१ जेठ । राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिने लिखित प्रतिवध्दता जनाएमा असार १४  को निर्वाचन मिति सार्नेमा सत्तारुढ दल सहमत भएका

प्रधानमन्त्री देउवाका दौंतरी कांग्रेसका बागी

काठमाडौं,३० जेठ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी

किन बुझाएन राजपाले हस्ताक्षर

काठमाडौं, ३० जेठ । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० ले उम्मेद्वारी मनोनयन प्रयोजनका लागि निर्वाचन पदाधिकारीको नाम र हस्ताक्षर विवरण फेरि पनि

क-कसले पाए एमालेमा टिकट ?

काठमाडौं, ३० जेठ । एमालेले प्रदेश ५ र ७ का सबै जिल्लाका स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । साताअघि नै प्रदेश ७ को टुंगो लगाएको एमालेले प्रदेश ५ को