जन्म र मृत्युमा नगरपालिकाले नगद दिने

मंगलबारे, इलाम, ३० पुस  । इलामको देउमाइ नगरपालिकाले जन्म र मृत्युमा नगद रु पाँच हजार दिने निर्णय गरेको छ । नगरपालिकाको यस्तो निर्णयले नगरबासीमा खुसियाली छाएको छ । 

देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पु¥याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णय गरेको थियो । 

जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने व्यवस्था १ नं प्रदेशकै पहिलो पटक भएको बताइएको छ । 

जनप्रतिनिधि चुनिएपछिको पहिलो नगरसभाले यस्तो निर्णय गरेको हो । सुरक्षित मातृत्व र आमाबच्चा सुरक्षित कार्यक्रमअन्तर्गत जन्म र मृत्युमा नगद उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए । 

त्यस्तै वृद्धवृद्धालाई राज्यले दिने पोशाक भत्तामा समेत देउमाइ नगरपालिकाले थपेर वितरण गर्ने निर्णय गरेको छ । ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई वृद्धभत्तामा सहयोग र दीर्घरोगीलाई अस्पतालको पहुँचसम्म पु¥याउन नगद रु पाँच हजार प्रदान गर्ने निर्णय गरेको हो । 

नगरपालिकाले हालसम्ममा ५२ जना महिलालाई पोषण खर्च र ४२ जनालाई किरिया खर्च वितरण गरिसकेको छ । यस आर्थिक वर्षमा नगरपालिकाले ३०० जना महिलालाई सो रकम उपलब्ध गराउने लक्ष्य राखेको छ । 

विसं २०७१ मा नगरपालिका घोषणा भएको यस नगरमा ३२ हजार ३६६ जनसंख्या छ । 

यस्तो कार्यक्रमले नगरवासीलाई जन्म र मृत्युमा सहज भएको स्थानीय युवराज खनालले बताए । यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयको भनाइ रहेको छ । रासस

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल गए 

  काठमाडौँ, ३ साउन  । महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको

 धामीले दिएको सल्लाहले रोकिएन सम्बन्ध बिच्छेद  

सल्यान, २९ असार । पछिल्लो समय यहाँ सम्बन्धबिच्छेदका घटना बढेका छन् ।  जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा

अविरल वर्षातले भक्तपुर र थिमि डुबानमा

भक्तपुर, २८ असार ।  गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।  हनुमन्ते खोलामा आएको बाढीका

 टिपर दुर्घटनामा ज्यानगुमाएका आमाबाबुको किरिया गर्दै १२ वर्षीय बालक 

पोखरा, २६ असार । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।”  मुस्ताङको लो घेकर