'भूत'को त्राशले विद्यार्थी बेहोस पढाइ अवरुध्द

जाजरकोट, २९ पुस । यहाँको भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका विद्यार्थी दैनिक बेहोस हुँदा पढाइ प्रभावित भएको छ । 

विद्यालयमा पठनपाठन भइरहेका बेला दैनिक छदेखि १० जनासम्म विद्यार्थी बेहोस हुँदा समस्या भएको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए। प्रअ शाहीका अनुसार भूत आयो भनेर कराउँदै छात्रा अचेत हुने गरेका छन्  । 

एक हप्तादेखि दैनिक बिरामी हुँदा कक्षामा पढ्दापढ्दै एक्कासि भूत आयो भनेर चिच्याउने र अचेत हुने गरेको शाहीले बताए। अर्धचेत भएकाको बहुलाउने, चिथोर्ने, कराउने, हातखुट्टा लुलो हुनेलगायत लक्षण देखा परेको उनको भनाइ छ । बेहोसलाई एकान्तमा राखेको एकदेखि दुई घण्टापछि सामान्य अवस्थामा आउने शाहीले बताए। 

घरमा केही नहुने तर विद्यालय पुग्नासाथ बेहोस हुने गरेको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर कार्कीले बताए। 

भूतप्रेतकै कारण विद्यालयमा बालबालिका एक्कासि बेहोस पर्ने गरेको उनको भनाइ छ । विद्यालयमा भूतप्रेतको पूजा गर्नुपर्ने अवस्था आएको उनले बताए। 

पूजा नगरे बालबालिकाको ज्यान जाने खतरा बढेको उनले बताए। दैनिक विद्यार्थी बेहोस हुने समस्या बढ्दै गएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी बोलाएर परीक्षणसमेत गराएको प्रअ शाहीले बताए। रासस/ फायल फोटो

बन्द हडताल गर्न नपाइने

काठमाडौँ, ११ वैशाख । मन्त्रिपरिषद्को आजको बैठकबाट सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा बन्दहडताल गर्न नपाइने सम्बन्धी सूचना राजपत्रमा

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल

काठमाडौँ, ११ वैशाख । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा

नीतिगत झन्झट पुनःनिर्माणमा बाधक

काठमाडौँ, ११ वैशाख । नीतिगत एवं प्रक्रियागत झन्झटका कारण भूकम्पपछिको पुनःनिर्माणले गति लिन नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्वीकार गरेको

न्याय सम्पादन गर्न थप दुई हजार कर्मचारीको खाँचो 

काठमाडौँ, ११ वैशाख । न्यायालयमा न्याय सम्पादनका लागि करिव थप दुई हजार जनशक्ति आवश्यक महशुस गरिएको छ ।  अहिलेको जनशक्तिले न्याय सम्पादनमा कठिनाइ