कक्षा ११ को नतिजा सार्वजनिक

भक्तपुर, २९ पुस । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए। बोर्डले पहिलोपटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको उनले जानकारी दिए। 

गत असारमा भएको उक्त परीक्षाको नतिजामा ७४ जनाको परीक्षा रद्द गरिएको र एकजनाको परीक्षा स्थगित गरिएको उहाँले जानकारी दिए। 

परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ । 

बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिए। एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउनेछन् । ग्रेडिङ प्रणाली लागू भएसँगै विद्यार्थीले विषयगतरुपमा नतिजा पाउने छन् । 

स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटकपटक मिति सार्दै असार १ गतेदेखि सञ्चालन भएको कक्षा ११ को परीक्षा नतिजा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै बोर्डले सात महिनापछि नतिजा सार्वजनिक गरेको हो । रासस

कहिल्यै गयल हुँदैनन् यी विद्यार्थी

अछाम , ३१ जेठ । अछामको कालिका आधारभूत विद्यालय बान्नीगडी जयगढमा जम्मा ६७ विद्यार्थी छन्। छात्रछात्रा सबै नियमित पढ्न आउँछन्। उनीहरू पढाइमा पनि उस्तै

अब शिक्षकलाई अनलाईनबाट तालिम

सरल संवाददाता - भक्तपुर, ३० जेठ । शैक्षिक गुणस्तर बृद्धिका साथै शिक्षामा प्रविधिको विकासका लागि सरकारले शिक्षा शास्त्र नपढिकनै शिक्षक बनेका

आर्थिक अभावमा महाबौद्ध अनाथ विद्यापीठ बन्द हुने अवस्थामा

नवलपरासी, २९ जेठ । नवलपरासीमा रहेको एकमात्र अहिंसावादी महाबौद्ध अनाथ विद्यापीठ यतिबेला आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । काठमाडौँ

एसईई परीक्षाको नतिजा असार पहिलो साता

  भक्तपुर, २९ जेठ । विद्यार्थीहरुका लागि फलामे ढोकाको रुपमा रहेको विगतको एसएलसी परीक्षा अहिलेको एसईईको नतिजा असारको पहिलो साता सार्वजनिक गर्ने