नेपथ्यका अमृतसँगै झुमे दमकवासी 

 दमक, २९ पुस । नेपाली लोक रक ब्याण्ड नेपथ्यले झापाको दमकबाट सांगीतिक प्रस्तुति सुरु गरेको छ । दमक महोत्सव  भैरहेको अवसरमा शुक्रबार आयोजित कन्सर्टमा स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयको प्रांगणमा ठुलो संख्यामा संगीतप्रेमीहरु भेलाभएका थिए ।

 नेपथ्यले दमकमा यो चौथो  कन्सर्ट प्रस्तुत गरेको हो । अघिल्ला तीनवटै कन्सर्ट हलहरुमा आयोजना गरेको नेपथ्यले यसपाला दमकमा पहिलोपटक खुला आकाशमुनी कार्यक्रम आयोजना गरेको थियो ।

कन्सर्टको सुरुवात नेपथ्यका दुइवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो । छिमेककै पहाडी शहर धनकुटाबाट उदाएर मुलुककै प्रसिद्ध कवि बन्नपुगेका प्राध्यापक तुलसी दिवसले वाल्यकालमै यसै भेगमा सिर्जनागरेको गीत हो ‘सम्झीराख’। यस गीतलाई कन्सर्टको बेलामा दमकमै पहिलोपटक प्रस्तुत गरिएको हो ।

म्यूजिक भिडियोको लगत्तै मञ्चमा प्रवेश गरेको नेपथ्य टोलीले त्यसपछि सरुभक्त रचित ‘कुरुप अनुहार हो’ गीतबाट कार्यक्रम सुरुगरेको थियो । त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै ‘आँगनैभरि’ गाउने बेलामा गायक अमृत गुरुङले ब्याण्ड स्थापनाको बेलाका सम्झनाहरु सुनाए ।

यतिबेला आफ्नो स्थापनाको २५ औं वर्ष मनाइरहेको ब्याण्डले उसको त्यो पहिलो गीत सुनाउने बेला पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो ।

त्यसपछि अमृतले क्रमशः ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ हुँदै फेरि नेपथ्यको पछिल्लो एल्बम ‘ऐनाझ्याल’ मा समेटिएको चर्चित गीत ‘जोगले हुन्छ भेट’ सुनाएका थिए ।

कार्यक्रममा ‘तिमी पनि नेपाली’, ‘यो जीन्दगानी’, ‘कोशीको पानी’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’ हुँदै दर्शकहरुले सुरुदेखि माँग गर्दैआएको ‘रेशम’ र ‘तालको पानी’ सुनाइएको थियो ।

 कार्यक्रममा ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता दर्शकलाई मुलुक र परिस्थितिसँग नजिक्याउने गीत पनि दमकका श्रोता दर्शकका निम्ति गाइएको थियो । कवि गोपालप्रसाद रिमालको त्यही जंगीनिशान गीतबाटै कार्यक्रमको बिट मारिएको थियो । स्थानीय युवाहरुको समूह थ्री इन्क भिजन,  जय मिडिया र पुर्वाञ्चल रक्सले दमकमा नेपथ्यलाई प्रस्तुत गरेको हो । मुलुकको यात्रामा निस्केको नेपथ्य टोली अब माघे संक्रान्तिका दिन चितवनस्थित नारायणी नदीको किनारमा प्रस्तुत हुने आयोजकले जनाएका छन् ।

 

ट्रेलर अघि नै तस्बिर सार्वजनिक 

काठमाडौ, १ असार । ट्रेलर सार्वजनिक भन्दा अघि नै चर्चित चलचित्र प्रेमगीत २’का केही तस्बिरहरु सार्वजनिक भएका छन् । चलचित्रको क्लाइमेक्समा समावेश केही

‘ऐश्वर्या’ लाई प्रदर्शन मितिमा समस्या 

काठमाडौ, १ असार । चलचित्र ‘ब्रासलेट’मा काम गरेपछि नायक रमेश उप्रेतीले निर्माण गरेको चलचित्र ‘ऐश्वर्या’लाई प्रदर्शन मितिमा समस्या परिरहेको छ

नेपाली ठिटो हलिउड फिल्ममा

काठमाडौ, १ असार।  पोखरा घर भएका न्यूजिल्याण्ड निवासी दिपेश पराजुली हिलउड फिल्ममा देखिएका छन् । हलिउडका चर्चित नायक टोम क्रुजले बनाएको चलचित्र

बज्रँचार्यको ब्याण्ड डेकमार्कतर्फ 

काठमाडौं– १ असार ।  डेनमार्कको कोपेनहेगनमा आयोजना हुने नेपाल एक्स्पो–२०१७ मा सहभागिता जनाउन गायक दीपक बज्रचार्य तथा उनको ब्याण्ड आज बुधवार