बार्सिलोना क्वाटरफाइनलमा 

काठमाडौं, २९ पौष । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेल्टा भिगोलाई ५ – ० ले हराउदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनालाई जिताउन मेसीले दुई तथा लुइस स्वारेज, जोर्डी अल्बा र इभान राकिटिकले समान एक एक गोल गरे।

पहिलो हाफमा ४ – ० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो । सेल्टाबिरुद्ध एकतर्फी खेलेको बार्सिलोनाले ८७ औं मिनेटमा राकिटिकको गोलबाट ५ – ० को अग्रता बनायो । त्यसपछि थप गोल हुन् सकेनन् र खेल बार्सिलोनाले सहजै आफ्नो बनायो ।

यो सँगै कोपा डेल रेको अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । रियल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, लेगानेस र अलाभेसले यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।

नेपाल यमनको खेल बराबरी |

काठमाडौँ, ३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क

पर्वतमा बन्यो अत्याधुनिक कभर्डहल

पर्वत,फलेवास, २८ जेठ । पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ । पर्वत ब्याडमिन्टन सङ्घको पहलमा ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कप

काठमाण्माडौ, १४ जेठ । प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान

पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप

काठमाडौँ, ११ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले