तीन आतङ्ककारी मारिए

ढाका, २८ पाैष  । बङ्गलादेशको राजधानीको एक भवनलाई घेरा हालेर सुरक्षा अधिकारीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा संदिग्ध तीन मुस्लिम आतङ्ककारी माएिका छन् ।  केही मुस्लिम आतङ्ककारीहरु लुकेर बसेको सचूना प्राप्त भएपछि ढाकाको तेज्गाओन क्षेत्रमा शुक्रबार सो सुरक्षा कारबाही चलाइएको थियो । 

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको सरकारी निवास भवन अगाडि रहेको रुबी भिल्ला नामक पाँच तल्ले भवनबाट शवहरु निकालिएको अधिकारीहरुले जानकारी दिएका छन् । मारिएका यी संदिग्ध आतङ्ककारीहरुको परिचय भने तत्काल नखुलेको बताइएको छ । 

गएको केही वर्षयता बङ्गलादेशमा इस्लामिक आतङ्ककारीहरुको झडप बढ्दै गएको पाइन्छ । सन् २०१६ को जुलाई महिनामा ढाकाको एक रेष्टुरेन्टमा भएको आतङ्ककारी आक्रमणमा १७ विदेशीसहित एक होटलमा रहेका २० पाहुना मारिएका थिए । त्यसैगरी सो आक्रमणपछि भएको सुरक्षा कारबाहीमा परी सो हमलामा संलग्न रहेको ठानिएका थप पाँच आतङ्ककारी मारिएका थिए ।  (रासस÷एपी)

कतार विवादले पार्ने प्रभावहरु

कामाडौं, जेठ । साउदी अरेबिया, इजिप्ट, बहराइन, संयुक्त अरब एमिरेट्स, लिबिया र यमनले कतारसँग कूटनीतिक सम्बन्ध तोडेका छन्। तर कतारको अर्थतन्त्र र त्यहाँ

ट्रम्प र हिलारीबीच ट्वीटर झगडा

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनीसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बनेकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा

नेपालीसँग माफी मागेर फर्कियो भारतीय प्रहरी

भीमदत्तनगर, १९ जेठ । नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय

हेलिकप्टर दुर्घटना तेह्रको मृत्यु

अङ्कारा, १८ जेठ । टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन्