रुससँगकाे सीमा विवाद छिट्टै सुल्झाइने

मिन्स्क, २८ पाैष ।  बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले रुससँग भएका सीमा विवादहरु वार्ताका माध्यमबाटै जतिसक्दो चाँडै सुल्झाउने बताएका छन् । सरकारद्वारा सञ्चालित समाचार संस्था टेलेग्राफले जनाएअनुसार विगतदेखि रुससँग जारी रहेको सीमा विवादलाई वार्ताको माध्यमबाट समाधान गर्ने योजना सरकारले बनाएको छ । 

उनले गत जनवरी १७ मा बेलारुसले ३९ वटा युरोपियन राष्ट्रसहित ८० वटा राष्ट्रका नागरिकलाई पाँच वर्ष प्रवेशआज्ञा दिइने नयाँ योजना सार्वजनिक गरेको पनि जानकारी दिए । लुकासेन्कोले मिन्स्कमा भएको एक प्रेस सम्मेलननमा बेलारुसमा प्रवेशाज्ञामा नियमितता ल्याइएको बताउनुभएको छ । रुस र बेलारुसबीचको सीमालाई युरोपमा बलियो सीमाका रुपमा लिने गरिन्छ । 

राष्ट्रपतिले बेलारुस र रुसका कानून निर्माताहरुले रचनात्मक र एक सुव्यवस्थित समन्वय एकाइ राख्नु आवश्यक भएको बताएका छन्. ।बेलारुसले र रुसले सन् १९९५ मा भएको सम्झौतापछि नै सीमा नियन्त्रण गर्न छाडेको थियो । यथार्थमा रुस र बेलारुसको सीमाबाट तेस्रो मुलुकको नागरिक प्रवेशमा सन् २०१६ बाट रुसले कडाइ गरेको थियो ।  (रासस÷सिन्ह्वा)

शान्ति सेनामा कार्यरत नेपालीमाथि बलात्कारको आरोप

काठमाडौं, ११ वैशाख । नेपालबाट सुडान गएका शान्ति सेनालाई बालिका बलात्कारको आरोप लागेको संयुक्त राष्ट्र संघका प्रवक्ताले बताएका छन् । यस घटनालाई

अमेरिकाको स्टील करबारे चासो

जेनेभा, स्वीट्जरल्याण्ड, १० वैशाख । चीन, भारत, रूसलगायतका विश्व व्यापार संगठनका केही सदस्यराष्ट्रले सोमबार अमेरिकाद्वारा स्टील तथा आल्मुनियमको

विलियम्स र केटलाई पुत्रलाभ

लण्डन, १० वैशाख । बेलायतको राजपरिवारमा नयाँ सदस्यका रूपमा राजकूमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएको सोमबार

उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु

बेइजिङ, १० वैशाख । चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ । चीनको विदेश