विकास र सुशासन कार्यभारः प्रचण्ड

बाबियाचौर, म्याग्दी, २८ पाैष ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताएका छन्  । माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताए । 

“धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफल पा¥यौँ”, पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले भने, “अब देश विकास, समृद्धि र सुशासन कायम गराउने प्रमुख दायित्व पूरा गर्छौं ।” वाम एकतालाई जनताले अनुमोदन गरिसकेकाले एमाले र माओवादीसँगै अन्य कम्युनिष्ट पार्टीलाई समेत केन्द्रीकृत गर्न पहल भइरहेको उनले बताए । वाम एकताको खाका तयार पार्ने काम भइरहेको र यसले छिट्टै पूर्णता पाउने प्रचण्डको भनाइ थियो । 

अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकारले म्याग्दीको विकासका लागि पर्यटन, जलविद्युत्, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । अध्यक्ष प्रचण्ड शुक्रबारदेखि बेनीमा शुरु हुन लागेको छैटौँ म्याग्दी महोत्सवको उद्घाटनका लागि बेनी अाएका हुन् । रासस

राजपाको लिखित प्रतिवध्दता माग्न आज छलफल

काठमाडौं, ३१ जेठ । राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिने लिखित प्रतिवध्दता जनाएमा असार १४  को निर्वाचन मिति सार्नेमा सत्तारुढ दल सहमत भएका

प्रधानमन्त्री देउवाका दौंतरी कांग्रेसका बागी

काठमाडौं,३० जेठ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी

किन बुझाएन राजपाले हस्ताक्षर

काठमाडौं, ३० जेठ । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० ले उम्मेद्वारी मनोनयन प्रयोजनका लागि निर्वाचन पदाधिकारीको नाम र हस्ताक्षर विवरण फेरि पनि

क-कसले पाए एमालेमा टिकट ?

काठमाडौं, ३० जेठ । एमालेले प्रदेश ५ र ७ का सबै जिल्लाका स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । साताअघि नै प्रदेश ७ को टुंगो लगाएको एमालेले प्रदेश ५ को