भन्सार सेवा विस्तारकाे पहल

विराटनगर, २८ पाैष ।  मोरङको दक्षिणवर्ती सीमा क्षेत्रमा रहेका छोटी भन्सार कार्यालयको सेवा विस्तार हुुने भएको छ । उक्त क्षेत्रसँग जोडिएका गाउँपालिका तथा नगरपालिकाले छोटी भन्सारको सेवा विस्तार गर्न पहल गर्न लागेका हुुन् । 

छोटी भन्सारको सेवा विस्तार हुुन नसक्दा सीमावर्र्ती क्षेत्रबाट हुुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । जिल्लाका रंगेली, सुुनवर्सी तथा रतुुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाले भन्सार सेवा विस्तारका लागि पहल गरेका छन् । रंगेली नगरपालिकाका प्रमुख दिलीप वगडियाले आयात निर्यातका लागि मालबाहक सवारी साधनलाई आवतजावतका लागि रंगेली सीमा नाका जोड्ने सडक विस्तार गरिने बताए । भन्सारको सेवालाई प्रभावकारी बनाउन उक्त नगरपालिका तथा गाउँपालिकाले सीमा जोडिएका मुुख्य सडकलाई विस्तारका साथै कालोपत्र गर्नेसमेत योजना बनाएको धनपाल गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताए । 

सो क्षेत्रमा रहेको मायागञ्ज भन्सार, रंगेली नगरपालिकामा रहेको चोप्रास्थित छोटीभन्सार, सुुनवर्सी नगरपालिकामा रहेको सिकटी डायनिया भन्सार तथा रतुुवामाई नगरपालिकाअन्तर्गतको कुुटुुमगञ्ज, डोरिया तथा छलगाछी भन्सार सेवा विस्तार हुुन लागेको हो । 

भन्सारको सेवा सञ्चालनका लागि मन्त्रालयसँग पहल भइरहेको धनपाल गाउँपालिकाका अध्यक्ष सिंहले बताए । छोटी भन्सारको सेवालाई प्रभावकारी बनाउन ती स्थानीय तहले आफ्नो वार्षिक बजेटमा समेत सो कार्यक्रमलाई समावेश गरेका छन् । 

सीमा क्षेत्रका विभिन्न नाकामा छोटी भन्सार कार्यालय भए पनि भन्सारले सेवा विस्तार गर्न सकेको छैन । छोटी भन्सारको सेवा विस्तार भएपछि चोरी निकासी नियन्त्रणमा आउने र राजश्व असुुलीमा समेत वृद्धि हुुने देखिन्छ । रासस

पराजुली प्रधानन्यायाधीश बन्ने बाटो खुला

काठमाडौं, ३० जेठ । सर्बोच्च अदालतका बरिष्ठतम् न्यायाधीश गोपाल पराजुली प्रधानन्यायाधीश बन्ने मार्ग खुला भएको छ । सुशीला कार्कीको अवकास पछि कार्यबाहक

ल्यापटपमाथि राजपाको आक्रमण

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा

‘असार १४ को विपक्षमा नबोल ’

काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर,बाँके, ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड