मण्डलाले माघी उत्सव गर्ने 

काठमाडौं, २८ पौष । मण्डला थिएटर नेपालले यस वर्ष माघी पर्व मनाउने भएको छ । माघी पर्व सामान्यतया हिन्दु धर्मावलम्बीले मकर संक्रान्तीको रुपमा मनाउँदै आए पनि थारु समुदायले यस पर्वलाई विशेष रुपले मनाउँदै आएको छन् ।

यस पर्वमा तिलको लड्डु अनिवार्य रुपमा खाने चलन छ । तिल खाएमा मकर संक्रान्तीको दिनदेखि सूर्य मकर राशिदेखि कर्कट राशिमा जाने र दिन लामो तथा रात सानो तिलको नापको आधारमा रहने किम्बदन्ति रहेको छ ।

माघी पर्व हर्ष उल्लास मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिका लागि मनाउँदै आएपनि मण्डला थिएटरले भने थारु समुदाय र कलाकारबीचको सदभाव बढाउनका लागि माघी आयोजना गरेको मण्डला माघि आयोजनाका संयोजक प्रदिप कुमार चौधरीले बताए  ।

माघीमा थारु समुदायले खाने परिकारहरु, थारु भेषभुषा, थारु नाचगान आदि प्रस्तुत गर्ने योजना रहेको संयोजक चौधरीको भनाई थियो ।  
माघी पर्व थारु समुदायमा नयाँ वर्ष र नयाँ काम थालनीको रुपमा मनाउने भएकाले यस वर्ष मण्डला थिएटरमा थारु विशेष वर्ष मनाउने योजना गरेको पनि उनले जानकारी दिए । 

आयो ‘सायद २’ को पहिलो प्रेम

काठमाडौं, ३१ जेठ । ‘सायद २ ’ को पहिलो प्रेम गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर, शब्द तथा सङ्गीत रहेको छ । यस गीतमा मनाङको रमणीय

‘माधवी’ को सातौँ संस्करण, १ लाख रोयल्टी

काठमाडौँ, ३१ जेठ । वरिष्ठ आख्यानकार मदनमणि दीक्षितको लोकप्रिय उपन्यास ‘माधवी’ को सातौँ संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले साहित्यकार

प्रसिद्ध तीन कविको जन्मोत्सव

सरल संवाददाता - काभ्रे ,३१ जेठ । प्रसिद्ध तीन कविहरुको जन्मोत्सव विशेष कार्यक्रम गरी मनाइएको छ । युगकवि शिद्धिचरण श्रेष्ठ, जनकवि गोकुल जोशी र प्रथम

श्वेतालाई सहयोग गर्न कुमार सानु आउँदै

काठमाडौ,३० जेठ । बलिउड गायक कुमार सानुले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन् । मुभेज इन्टरनेशनलको आयोजनामा होटल याक एन्ड यतीमा आयोजना हुन लागेको