छोटो अवधिमै ४४ लाखको कारोबार

गुल्मी, २८ पाैष ।  गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ । मुसिकोट नगरपालिका–१, अरेवामा रहेको पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभासम्म आइपुग्दा रु ४३ लाख ९७ हजारको आर्थिक कारोबार गर्दै आएको संस्थाका अध्यक्ष जीतबहादुर पाठकले बताएका छन्  । 

विसं २०७० मा ३० कृषक मिलेर शुरुवात गरिएको कृषि सहकारी संस्थामा हालसम्म ११३ जना शेयर सदस्य रहेका छन ्। । संस्थाले विविध कृषि र पशुजन्य कामका लागि सदस्यलाई एक लाखसम्म ऋण प्रदान गर्दै आएको छ भने साधारण सभामा कृषि सहकारीले शेयर सदस्यमध्येबाट कृषि तथा पशुपालन गर्ने दुईजना उत्कृष्ट अगुवा कृषकलाई प्रोत्साहनस्वरुप सम्मानसमेत गरेको थियो । 

साथै, कृषि सहकारीले कक्षा आठ र एसएलसीमा उत्कृष्ट अंक ल्याउने तीनजना शेयर सदस्यका छोराछोरीलाई समेत नगद पुस्कारले सम्मान गरेको थियोे । चौथो साधारण सभाबाट कृषि सहकारी संस्थाले आफ्नो प्रस्तावित कार्यक्रममा सहकारीमार्फत सुत्केरी भत्ता, मृत्यु संस्कार सहयोग र स्वास्थ्य उपचार कोष जस्ता थप नयाँ कार्यक्रम कृषि सहकारीमार्फत अगाडि बढाउने संस्थाका संस्थापक बुद्धप्रकाश पौडेलले जानकारी दिए । रासस

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

काठमाडौं,३१ जेठ । छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापार व्यवधान खडा गरेको छ, परिवारहरूलाई विभाजन गरेको छ अनि लामो समयदेखिको

बढी घुस्याहा कर्मचारी काठमाडौंमा

कमल न्यौपाने - काठमाडौं,३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रकेर्ड र अध्ययन अनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु रहेको जिल्लाका रुपमा

आर्थिक वृद्धिमा नेपाल विश्वको तेस्रो

काठमाडौं, ३० जेठ । नेपाल यो वर्ष विश्वमा तेस्रो तीव्र आर्थिक वृद्धि हासिल गर्ने मुलुकको सूचीमा परेको छ । तीव्र आर्थिक वृद्धि गरिरहेका छिमेकी भारत र

चुनाव नभए विकास बजेट खर्च गर्न नपाइने

काठमाडौं,३० जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभए आगामी आर्थिक वर्ष मुलुकका ४३ जिल्लामा विकास बजेट खर्च नहुने भएको छ। मुलुकभरका सात सय ४४