कांग्रेस हितमा केही कटु सुझाव  

उपदेश दिन सजिलो, लिन गारो ! अहिले सामाजिक सञ्जालमा नेपाली कांग्रेसलाई अर्तिउपदेशको ओइरो लागिरहेको छ । गाली टिप्पणी बिपक्षीबाट त स्वाभाविकै भन्नुपर्ला तर आफ्नै कार्यकर्ता त्यसमा पनि  आफूलाई निक्कै उपल्लो ठान्नेहरुले ताल न तुकको गाली गरेको देख्दा लाग्छ ऊनीहरु  सर्वथा दुधले नुहाएका हुन ! जसले गाली धेरै गरिरहेको छ उसले हिजो आफूले गरेका सबै करतूत बिर्सेजस्तो लाग्छ, यहाँ मौजूदा नेतृत्वले सारै राम्रो गर्यो भन्न खोजिएको किमार्थ होइन !

हिजो लोकतन्त्रका लागि लड्दै गर्दा तत्कालिन सत्तासँग साँठगाँठ गर्दै गोली चलाऊने र उनीहरुसँग लोली मिलाउनेहरु लोकतन्त्रका ठूला ब्याख्याता बनेका छन् । यसरी सामाजिक सञ्जालमा वीष बमन गर्नु भन्दा सही ठाउँमा बसेर (SWOT Analysis ) कमी कमजोरी केलाउँदै आगामी कार्ययोजनामा लाग्नु श्रेयस्कर होइन र ? साँच्चै मन्थन गरेर अघि बढ़ने हो भने केहि कुरामा बिशेष ध्यान पुर्याउनुपर्ने देखिन्छ ।

 क्रियाशील सदस्यता 

यसको बितरण प्रणालीमा नै पुनर्बिचार गरिनु पर्दछ र कस्तोलाई क्रियाशील भन्ने अनी  सदस्यले पार्टीको लागि कति  समय दिए, पछि उ क्रियाशील सदस्यकालागि दाबी गर्नसक्छ कि सक्दैन ? यदि क्रियाशील चैं लिने अनी सुतेर बस्ने बानी परेका सदस्यबाट के आशा गर्ने !  फेरि टिकट बितरणमा परिवार नातावाद भयो भन्ने हामीले क्रियाशील सदस्यता बितरणमा चैं कति न्यायपूर्ण वा पक्ष्यपात नगरी बितरण गरेका छौं । यता तर्फ पनि एकपटक गहिरिएर मनन गरौं । रोएर वा सरापेर मात्र संगठन बन्दैन, संगठनको स्वरुप र बिकासक्रममा आफूलाई ( बिशेष त अब्बल र क्रियाशील ठान्नेहरुले) ढाल्दै  लैजानुपर्दछ ।

प्रतिबध्दता

वास्तवमा चुनावलाई मात्र मध्यनजर राखेर काम गर्ने वा सामाजिक बिकासका आयामहरुमा आफूलाई समाहित गर्दै जाने भन्ने एउटा अहम सवाल हो । जनताका सरोकार र स्थानीय स्तरका बिकासका आयामहरुमा आफूलाई समाहित गर्दै जाने हो भने तल्लो तथा उपल्लो स्तरसम्म कसैलाई पनि चुनावको कसिले छेक्न सक्दैन तर मूलभूत कुरा यी सबैको लागि प्रतिबद्धता अत्यन्तै जरुरी कुरा हो । अब यो प्रतिबध्दतालाई बिकासका आयामसँग जोडेर लैजानुपर्दछ । जसकालागि गाउँस्तरदेखि नै सामाजिक तथा आर्थिक बिकासको स्पस्ट खाका ( रोडम्याप) तैयार गर्नुपर्दछ । सो रोडम्यापलाई समस्त कार्यकर्तासम्म पुर्याउनु पर्दछ । सोही खाका नै कालान्तरमा चुनावी घोषणापत्र बन्नु पर्दछ नकि चुनावको केहि हप्ता अगाडि तारे होटलमा बसेर २ र ४ जनाले कोरेर ल्याउने ! यसरी खाका तैयार पार्दा संगठनभित्रका बिसयबिज्ञहरुलाई परिचालित गरिनु पर्दछ ! त्यतिमात्र होइन यी बिषयबिज्ञहरुको टीम मार्फत साँच्चै अनुसन्धान जरुरी छ । जसमा खोजने  कि “हिजो संस्था शुरुआत हुँदाका पुस्ता र बर्तमान पुस्ता बीच सोचको अन्तर के हो र कसरी पार्टीमा युवा जमातलाई चलायमान र निरन्तर गराउन सकिन्छ । नत्र इतिहास अभिन्न पूँजी हो भन्ने जान्दाजान्दै संस्था नै इतिहास बन्न बेर लाग्दैन र ?

प्रशिक्षण 

प्रशिक्षित कार्यकर्ता भनेकै संगठनको पूँजी हो । यो पूँजीबिना केही हुन सक्दैन । जिल्ला स्तर देखि केन्द्रिय स्तरसम्म प्रशिक्षणको ठोस कार्ययोजना हुनुपर्दछ । त्यसलाई समय सापेक्ष परिमार्जित गर्दै लैजानु पर्दछ । उठेका सवालहरु चाहे सामाजिक होस,राजनैतिक होस वा आर्थिक होस सही रुपमा मुकाबिला गर्न सक्ने रुपमा ऊनिहरुलाई (क्रियाशील) तैयारी गर्नु पर्दछ । सवाल जहाँबाट आएपनि (बिपक्षी वा मतदाता) सामना गर्न सकने बनाउँनु पर्दछ ।

यसका अतिरिक्त मुलुक संघीयता तर्फ गैसक्यो तर कति कार्यकर्ता यो एजेन्डालाई जनस्तरसम्म पुर्याउन सक्षम छन । त्यसरी नै कांग्रेसको संगठनात्मक स्वरुप पनि संघीयता सापेक्ष रूपान्तरण गर्न जरुरी छ । सोही अनुरूप तयारी गरी कार्यकर्तालाई सँगसँगै प्रशिक्षित गर्दै लानु पर्दछ । यसरी प्रशिक्षण गर्न बिषयबिज्ञहरु मातहतका भातृसंगठनहरुबाट उल्लेख्य रुपमा परिचालन गर्नुपर्दछ !

संगठनात्मक स्वरुप परिमार्जन 

अहिले पनि पुरानै ढर्रामा संस्था चलाउने कोशिस गर्दा सामन्जस्यता र समन्वयको अभाव देखिन गएको छ । देशको शासकीय पद्धतिसँग तादाम्य राख्ने संगठनात्मक स्वरुप र तह निर्धारण गरिनुपर्दछ, जसबाट नेटवर्किंग र जिम्मेवारी बितरण तथा ग्रहणमा सहजता भई मूल्यांकन प्रणालीमा सुधार ल्याउन सकिन्छ, जुन अहिलेको अर्को ज्वलन्त समस्या हो ।

समय सापेक्ष प्रविधिको प्रयोग र सूचना सम्प्रेषण

सूचना तथा प्रबिधिको यति बिघ्न बिकास भईसक्दा पनि हामीले यथेस्ट रुपमा यसलाई सांगठनिक सुधार तथा प्रयोग गर्न सकिरहेको छैनांै । भइरहेका सामाजिक संजाल बैयक्तिगत रुपमा धेरथोर प्रयोग भने भैरहेको छ यसलाई तहगत रुपमा संजाल बिस्तार गरी सूचना सम्प्रेषणका लागि भरपूर सदुपयोग गर्न सक्नुपर्दछ । संस्थागत रुपमा यसबाट एकतर्फ कार्यकर्तावीच अपनत्वको बिकास हुन्छ भने अर्को तर्फ निर्णय प्रक्रियामा घनिभूत छलफलमा सघाउ पुग्न सक्दछ ।

चुस्त र कार्यसम्पादनमा आधारित मूल्यांकन परिपाटी 

अहिले कांग्रेसभित्र यो पक्ष अत्यन्तै खस्केको अवस्थामा छ ।  संस्थाको यो अवस्था हुनुमा यो परिपाटी चुस्त नहुनु पनि एक हो । यो बूँदा उठाईरहँदा के भुल्नुहुन्नभने  हामीले तयार पारेको रोडम्यापलाई पदीय जिम्मेवारी र कार्यसम्पादनसँग जोड्नुपर्दछ जसबाट नेतृत्व (स्थानीय र केन्द्रिय) को आगामी भूमिका र जिम्मेवारी स्पष्ट हुन सकोस् । यसले उसको मूल्यांकन गर्न पनि सहज हुन्छ । अर्को तर्फ यस्तो मूल्यांकन परिपाटी भएमा आफ्नै नेटवर्क मापÞर्mत  सूचना लिन र दिन पनि सहज हुन जान्छ ।

यही मूल्यांकन परिपाटी नै दन्ड वा पुरस्कार गर्ने आधार बन्न  सक्छ नकि नातावाद वा कृपाबाद ।

मूलभूत रुपमा कार्यकर्तालाई  सँधै ऊर्जाशील र चलायमान राख्न रोडम्यापमा आधारित बार्षिक कार्ययोजना तयार गर्ने, आफ्ना भातृ संगठनमा भएका बिषयबिज्ञहरुको समूह ( RESOURCE POOL ) तयार गर्ने जसबाट नीतिगत,आर्थिक, राजनैतिक तथा अन्य बिषयगत समितिहरूमार्फत सुझाव तथा सहयोग लिने, स्थानीय स्तरमा समेत प्रवक्ता तोक्ने र जथाभावी संस्थाको अहितमा बोल्ने लेख्ने प्रथा अन्त्य गर्ने यसका साथसाथै समयसापेक्ष सक्षम पारदर्शी दूरदृष्टियुक्त नेतृत्वकोलागि सर्वप्रथम आफूआफूबाट प्रतिबद्धता आउनु पर्दछ । तबमात्र परिवर्तन संभव छ, अन्यथा सामाजिक सञ्जालमा मुखको तीतो पोखेर प्रगति हुने वाला छैन ! हाल बेलायत

यस्तो थियो बिनोद चौधरी र धीरेन्द्र शाहको साझेदारी

०४६ साल अघि तत्कालीन राजाहरुको सकृय नेतृत्वमा आधारित पंचायती व्यवस्थामा पंच नेताहरुलाई दुई तिहाई बहुमतको दरकार नै थिएन। त्यतिबेलाको बहुमत

ओली सरकारको शरीरभित्र तानाशाही प्रेतको बास

कुनै एक विख्यात विद्वानसँग सुन्दर स्त्रीले विवाह प्रस्ताव राखिन् । विद्वानले कारण जान्न खोजे । ‘मेरो कोखबाट तपार्इँजस्तो विद्वान र मजस्तो सुन्दर

प्रधानमन्त्री ओली र बिच्छीको कथा

कुराको आरम्भ एउटा जातक कथाबाट गरौँ। एउटा बिच्छी ब्याकूल थियो। जन्मजात दंशी उसलाई बर्षाको भेलले नदीको बहावमा आएको तीब्रताले चिन्तित तुल्याएको थियो।

सर्बोच्चलाई प्रधानमन्त्रीको धम्की

सरकारले निश्चित क्षेत्र तोकेर गरेको निषेधाज्ञा र धर्ना जुलुस जस्ता प्रदर्शनीमा नियन्त्रण गर्ने आदेश हाललाई लागु नगर्नु भनी सर्वोच्च अदालतले आदेश