इशा मिस गोरखा

गोरखा, २८ पाैष ।  गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जितेका छन् । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा भएका हुन्  । 

नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवं सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले इशाको शिरमा ताज पहिर्याइदिए।  साथै, निर्णायकले नगद र जिन्सी गरी रु एक लाख बराबरको पुरस्कार इशालाई दिए । सौन्दर्यकला व्यवसायी संघले गरेको प्रतियोगितामा २० जना प्रतिस्पर्धी सहभागी थिए । 

ठूलो आँगनकी प्रकृति श्रेष्ठ फस्ट रनर अप हुँदै नगद र जिन्सी गरी रु ५० हजार बराबरबाट पुरस्कृत भए भने सेकेण्ड रनर अप बसपार्ककी विष्णु घलेले रु ३० हजार बराबरको र थर्ड रनर अप चाइनीज धाराकी सिर्जना मगरले नगद र जिन्सी गरी रु १० हजारभन्दा बढीले पुरस्कृत भए । 

सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष सुकु श्रेष्ठले आफूहरुले दुःख गरी पहिलो पटक मिस गोरखाको सफल आयोजना गरेको भन्दै सहयोग गर्नेहरुलाई धन्यवाद दिए । रासस

ट्रेलर अघि नै तस्बिर सार्वजनिक 

काठमाडौ, १ असार । ट्रेलर सार्वजनिक भन्दा अघि नै चर्चित चलचित्र प्रेमगीत २’का केही तस्बिरहरु सार्वजनिक भएका छन् । चलचित्रको क्लाइमेक्समा समावेश केही

‘ऐश्वर्या’ लाई प्रदर्शन मितिमा समस्या 

काठमाडौ, १ असार । चलचित्र ‘ब्रासलेट’मा काम गरेपछि नायक रमेश उप्रेतीले निर्माण गरेको चलचित्र ‘ऐश्वर्या’लाई प्रदर्शन मितिमा समस्या परिरहेको छ

नेपाली ठिटो हलिउड फिल्ममा

काठमाडौ, १ असार।  पोखरा घर भएका न्यूजिल्याण्ड निवासी दिपेश पराजुली हिलउड फिल्ममा देखिएका छन् । हलिउडका चर्चित नायक टोम क्रुजले बनाएको चलचित्र

बज्रँचार्यको ब्याण्ड डेकमार्कतर्फ 

काठमाडौं– १ असार ।  डेनमार्कको कोपेनहेगनमा आयोजना हुने नेपाल एक्स्पो–२०१७ मा सहभागिता जनाउन गायक दीपक बज्रचार्य तथा उनको ब्याण्ड आज बुधवार