विज्ञान प्रदर्शनीमा आविष्कारको आकर्षण

दमक, २८ पाैष । हिमालय माध्यमिक विद्यालयमा दुई दिनसम्म चलेको विज्ञान तथा वातावरण प्रदर्शनीमा विभिन्न आविष्कार सामग्रीको आकर्षण रहेको पाइएको छ । प्रदर्शनीमा पछिल्लो समय प्रयोगमा ल्याएका विभिन्न प्रकारका आविष्कार विशेषगरी रोबोट, ड्रोन र विद्युतीय सेन्सर प्रविधि जडित सामग्री नमूनाका रुपमा विद्यार्थीले प्रदर्शन गरेका थिए । बिहीबार सम्पन्न भएको विज्ञान वातावरण प्रदर्शनी तथा प्रतियोगितामा विभिन्न विद्यालयका १० हजार विद्यार्थीले अवलोकन गरेको आयोजक संस्था विद्यालयको इको बाल क्लबले जनाएको छ । 

प्रधानाध्यापक विष्णुकान्त झाले पहिलोपटक आयोजना गरिएको यस प्रदर्शनी तथा प्रतियोगिता व्यावहारिक रुपमा सफल भएको बताए । “दुई दिनमा १० हजारभन्दा धेरैले प्रदर्शनीको अवलोकन गरेका छन्”, प्रअ झाले भने । प्रदर्शनी सहितको प्रतियोगिताले बिद्यार्थीले आफूले सिकेको ज्ञानको प्रवद्र्धन गर्ने मौका पाएको प्रअ झाले बताए । 

प्रदर्शनीमा जिल्लाभरिका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले बनाएका विज्ञान र वातावरणसँग सम्बन्धित सामग्री राखिएको थियो ।  प्रतियोगितामा कन्काई नगरपालिकास्थित कन्काई मावि प्रथम, दमकको सूर्याेदय बोर्डिङ स्कुल द्वितीय र दमककै पाणिनी मावि तृतीय भए । रासस

कसलाई थाहा होला महिला मन्त्रालयकोे कथा व्यथा

नेपाल सरकारले १८ वर्ष पुगेका र ५९ वर्ष उमेर नकटेका सबलाङ्ग पुरुषबाहेकको सम्पूर्ण जनसंख्यालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको

पाठ्यक्रममा भक्तपुरको पहिचान समेट्न सुझाव

नगरकोट, ६ फागुन । शिक्षकहरुले विद्यालयका पाठ्यक्रममा भक्तपुरको पहिचान, इतिहास, स्थानीय सीप र प्रविधि, पर्यटन र स्थानीय खेलका विषयवस्तु समेट्नुपर्ने

पाठ्यक्रममा इलामको पर्यटन समावेश

इलाम, १ फागुन । जिल्ला शिक्षा कार्यालयले अनौपचारिक शिक्षा केन्द्रको तह दुईअन्तर्गतकोे स्थानीय पाठ्यक्रममा इलामको वस्तुस्थिति र त्यहाँको पर्यटन

आउँदो एसइई परीक्षामा करिब ६ लाख विद्यार्थी 

भक्तपुर, १२ माघ । आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईका लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ