विज्ञान प्रदर्शनीमा आविष्कारको आकर्षण

दमक, २८ पाैष । हिमालय माध्यमिक विद्यालयमा दुई दिनसम्म चलेको विज्ञान तथा वातावरण प्रदर्शनीमा विभिन्न आविष्कार सामग्रीको आकर्षण रहेको पाइएको छ । प्रदर्शनीमा पछिल्लो समय प्रयोगमा ल्याएका विभिन्न प्रकारका आविष्कार विशेषगरी रोबोट, ड्रोन र विद्युतीय सेन्सर प्रविधि जडित सामग्री नमूनाका रुपमा विद्यार्थीले प्रदर्शन गरेका थिए । बिहीबार सम्पन्न भएको विज्ञान वातावरण प्रदर्शनी तथा प्रतियोगितामा विभिन्न विद्यालयका १० हजार विद्यार्थीले अवलोकन गरेको आयोजक संस्था विद्यालयको इको बाल क्लबले जनाएको छ । 

प्रधानाध्यापक विष्णुकान्त झाले पहिलोपटक आयोजना गरिएको यस प्रदर्शनी तथा प्रतियोगिता व्यावहारिक रुपमा सफल भएको बताए । “दुई दिनमा १० हजारभन्दा धेरैले प्रदर्शनीको अवलोकन गरेका छन्”, प्रअ झाले भने । प्रदर्शनी सहितको प्रतियोगिताले बिद्यार्थीले आफूले सिकेको ज्ञानको प्रवद्र्धन गर्ने मौका पाएको प्रअ झाले बताए । 

प्रदर्शनीमा जिल्लाभरिका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले बनाएका विज्ञान र वातावरणसँग सम्बन्धित सामग्री राखिएको थियो ।  प्रतियोगितामा कन्काई नगरपालिकास्थित कन्काई मावि प्रथम, दमकको सूर्याेदय बोर्डिङ स्कुल द्वितीय र दमककै पाणिनी मावि तृतीय भए । रासस

प्राविधिक विषय आकर्षण बन्दै

ललितपुर, ११ वैशाख । अघिल्लो वर्षसम्म सेन्ट जेभियर्स विद्यालयमा अध्ययनरत छोरीलाई लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयमा भर्ना गर्न पुल्चोक

किन फेल हुन्छन् विद्यार्थी  गणित र विज्ञानमा,यस्तो छ कारण

काठमाडौँ, ६ वैशाख । सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर

बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने

काठमाडौँ, ६ वैशाख । सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने बुधबार आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन्

खुलेर पढ्छन् किशोरकिशोरी यौन र प्रजननका पुस्तक  

  सिन्धुली, ३ वैशाख । “महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा      जनाइदिनुहोला