बञ्चरो प्रहार गरी सौताको हत्या

रुकुम, २८ पुस । सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । 

बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या गरेको प्रहरीको भनाइ छ । हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । 

चन्दकोे खोजी र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विकको भनाइ छ । मृतक खत्रीका तीन छोरी र एक छोरा छन् । रासस

ग्यास चुलो किन्ने विवादमा श्रीमतीको हत्या

सुर्खेत, ३१ जेठ । ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

एक गाग्री पानी ल्याउन छ घण्टा पैदल यात्रा

जाजरकोट, २९ जेठ । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टा पैदल यात्रा गर्नुपर्छ । घर नजिक

मिस नेवाःको उपाधि आरजुलाई

सुरुङ्गा,झापा, २८ जेठ । मिस नेवाः पूर्वाञ्चल ११३७ को उपाधि झापा धुलाबारी निवासी आरजु श्रेष्ठले हात पारेकी छिन् । आरजुले उपाधिसँगै नगद ३१ हजार र

सिन्धुलीगढीको २५० औं विजयोत्सव भब्य बनाईने

काठमाडौं,२८ जेठ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सैनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने